प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र ख्वोपा विजयी

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेल अन्तर्गत पाँचौ दिनको खेलमा जनप्रेमी स्पोर्ट्स क्लब र ख्वोपा क्रिकेट टिम विजयी भएका छन्।

मुलपानी मैदानमा सम्पन्न पहिलो खेलमा जनप्रेमी स्पोर्ट्स क्लबले नेक्सस क्रिकेट एकेडेमीलाई १०५ रनले पराजित गर्यो। १७२ रनको लक्ष्य पछ्याएको नेक्ससले ६६ रनमा सबै विकेट गुमायो।

प्लेयर अफ द म्याच घोषित जनप्रेमीका आकाश कुमार शाहले ६८ रन बनाए भने बलिंगमा कृष्ण मलास्नीले ३ विकेट लिए। महेश बोहरा र संजिव मानन्धरले समान २ विकेट लिए। नेक्ससका हेमन्त धामीले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिंदा ब्याटिंगमा दिपेन्द्र बहादुर ऐरीले २२ रन बनाए।

आजको दोश्रो खेलमा ख्वोपा क्रिकेट टिमले रोबुस्ट क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो। प्लेयर अफ द म्याच घोषित ख्वोपाका शिशिर सेडाईले २६ रन बनाए भने बलिंगमा रोबिन भट्ट र निसाल हमालले समान २ विकेट लिए। रोबुस्टका कृष्ण भट्टले २४ रन बनाए।

भक्तपुर छनोटको खेलहरु मुलपानी क्रिकेट मैदानमा जारी छ। प्रतियोगितामा १२ टोलिको सहभागिता छ।

 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]