प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र ख्वोपा विजयी

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेल अन्तर्गत पाँचौ दिनको खेलमा जनप्रेमी स्पोर्ट्स क्लब र ख्वोपा क्रिकेट टिम विजयी भएका छन्।

मुलपानी मैदानमा सम्पन्न पहिलो खेलमा जनप्रेमी स्पोर्ट्स क्लबले नेक्सस क्रिकेट एकेडेमीलाई १०५ रनले पराजित गर्यो। १७२ रनको लक्ष्य पछ्याएको नेक्ससले ६६ रनमा सबै विकेट गुमायो।

प्लेयर अफ द म्याच घोषित जनप्रेमीका आकाश कुमार शाहले ६८ रन बनाए भने बलिंगमा कृष्ण मलास्नीले ३ विकेट लिए। महेश बोहरा र संजिव मानन्धरले समान २ विकेट लिए। नेक्ससका हेमन्त धामीले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिंदा ब्याटिंगमा दिपेन्द्र बहादुर ऐरीले २२ रन बनाए।

आजको दोश्रो खेलमा ख्वोपा क्रिकेट टिमले रोबुस्ट क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो। प्लेयर अफ द म्याच घोषित ख्वोपाका शिशिर सेडाईले २६ रन बनाए भने बलिंगमा रोबिन भट्ट र निसाल हमालले समान २ विकेट लिए। रोबुस्टका कृष्ण भट्टले २४ रन बनाए।

भक्तपुर छनोटको खेलहरु मुलपानी क्रिकेट मैदानमा जारी छ। प्रतियोगितामा १२ टोलिको सहभागिता छ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy