जय नेपाल टी-२० : बंगलादेशको ढाका विश्वविद्यालय र भारतको लखनउ विश्वविद्यालयको जित

नेपालमा जारी जय नेपाल टी-२० क्रिकेट प्रतियोगितामा आज शुक्रबार दुई  खेलहरु सम्पन्न भएका छन् । जसमा बंगलादेशको ढाका विश्वविद्यालय र भारतको लखनउ विश्वविद्यालयले जित निकालेका छन् ।

पहिलो खेलमा ढाका विश्वविद्यालयले नेपालको पूर्वाञ्चल विश्वविद्यालयलाई १५२ रनले पराजित गरेको छ । ढाकाले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पूर्वाञ्चल १९.३ ओभरमा ८३ रनमै समेटियो । पूर्वाञ्चलका धीरज यादव १७ रन बनाए । यस्तै, ओम चौधरीले १५ र रवीन्द्र साहले १० रन जोडे । ढाकाका बलर शारियर साकिबले ४ विकेट लिए भने इफ्तेखार हुसेनले २ विकेट लिए । मुजिबुर रहमान, महमुद्दिन तारिक, अशरफुल इस्लाम र महफुजुल इस्लामले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ढाका विश्वविद्यालयले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । मोहम्मद रहमानले ३७ बलमा ३ चौका र १० छक्का प्रहार गर्दै ९६ रनको विस्फोटक इनिङ्स खेले । सिपत खानले २३ बलमा ५० रन जोडे भने इफ्तेखार हुसेनले २३ बलमा ३८ रन र महफुजुल इस्लामले २५ बलमा ३१ रन बनाए । पूर्वाञ्चलका लागि निशित यादव, धीरज यादव, अमित मण्डल र अभिषेक मण्डलले १/१ विकेट लिए ।

दिनको दोस्रो खेलमा नेपालको काठमाडौं विश्वविद्यालय भारतको लखनउ विश्वविद्यालयसँग ७३ रनले पराजित भएको छ ।

नेपाल विद्यार्थी युनियनले आयोजना गरेको यस प्रतियोगितामा नेपालका ४, भारतका ३ र बंगलादेशको १ गरी ८ वटा विश्वविद्यालयहरुको सहभागिता रहेको छ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]