कहानी जोफ्रा आर्चरको

जोफ्रा आर्चर छोटो समयमानै इन्ग्लिश क्रिकेटको आकर्षण बनेका छन्। जारी एक दिवसिय विश्वकप क्रिकेटमा ९ खेलमा १७ विकेट सहित सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा रहेका आर्चरको अन्तर्राष्ट्रिय करियर भने मात्र २ महिना लामो छ।

विश्वकप सुरुहुनु भन्दा केहि साता अघि मात्र पाकिस्तान र आयरल्याण्ड बिरुद्धको शृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका आर्चरलाई इंग्ल्याण्ड क्रिकेटका पूर्व हस्तीहरुले विश्वकपमा इंग्ल्याण्डको एक्स फ्याक्टर मानिसकेका छन्। बलिंगमा तिखो गतिको फास्ट बलिंग, सटिक बाउन्सर र योर्करसंगै तल्लो क्रममा आएर ब्याटिंग गर्न सक्नु आर्चरको मुख्य खुबी हो।

अर्चरले जुन परिस्थितिबाट उठेर विश्वकप क्रिकेटसम्मको यात्रा तय गरेका छन् त्यो भने आफैंमा एक कल्पित कथा भन्दा कम छैन।

वेस्ट इन्डिजको बार्बाडोसमा अंग्रेज पिता र बार्बडीयन आमाबाट आर्चरको जन्म सन् १९९५ मा भएको थियो। बुवा इंग्ल्याण्डका नागरिक भएकाले आर्चरसंग ब्रिटिश पासपोर्ट भएतापनि उनि सन् २०२२ सम्म इंग्ल्याण्डबाट अन्तर्राष्ट्रिय क्रिकेट योग्य थिएनन्  – कारण थियो इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डको नियम।

उल्लेखित नियम अनुसार आर्चर आफ्नो १८औँ जन्मदिन सम्म इंग्ल्याण्डमा बसेका थिएनन्। फलस्वरूप उनले थप ७ बर्ष अवकाश अवधि पुरा गर्न इंग्ल्याण्डमा घरेलु क्रिकेट खेलेर बस्नुपर्ने आवश्यकता थियो। त्यसपछि मात्र उनी इंग्ल्याण्डबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न योग्य बन्ने थिए।

Jofra Archer

यद्यपि नोभेम्बर २०१८ मा इंग्ल्याण्ड क्रिकेट बोर्ड ( इसीबी ) ले ७ वर्ष योग्यता अवधिलाई कम गरेर ३ बर्षमा झार्यो। जसका कारण अहिले चलिरहेको विश्वकपको ठिक अगाडी आर्चर इंग्ल्याण्डबाट खेल्न योग्य ठहरिए।

बार्बाडोसमा आफ्नो क्रिकेट करियर सुरुगरेका आर्चरले वेस्ट इन्डिज यू-१९ टोलिसम्म पर्न सफल भए। तर निरन्तरको ढाडको चोटले उनको करियरलाई ठूलो बाधा पुऱ्यायो। सन् २०१३ मा बंगलादेश यू-१९ बिरुद्धको शृंखलाका क्रममा ३ खेल खेलेका आर्चरलाइ चोटको कारण देखाउदै पुन: टोलीमा समाबेस गराइएन।

म टोलीमा नपर्नुमा मेरो चोटको कुनै कारण थिएन। मेरो छनोट नभएसंगै मैले भविष्यका लागि सोच्न आवश्यक रहेको थियो। इंग्ल्याण्ड जानु मेरा लागि सबैभन्दा सजिलो निर्णय थियो। ” एक स्थानीय पत्रिकासंगको कुराकानीमा आर्चरले बताएका थिए

समय बितेसंगै आर्चर फिट भएर क्रिकेटमा फर्किन तयार भए। तर वेस्ट इन्डिज  क्रिकेटले आर्चरलाई बिर्सिसकेको थियो। तसर्थ उनले इंग्ल्याण्ड आफ्नो भविस्य निर्धारण गर्ने फैसला गरे।

बार्बाडोसको नेटमा आर्चरको सामना गरेपछि उनका साथी (वेस्ट इन्डिजमा जन्मेर इंग्ल्याण्डबाट क्रिकेट खेलेका ) क्रिस जोर्डनले र्आचरलाई आफ्नो काउन्टी क्लब ससेक्स बारे सल्लाह दिए। फलस्वरूप उनले ससेक्सबाट आफ्नो प्रथम श्रेणी क्रिकेटको डेब्यु गरे।

छिट्टै छोटो फर्म्याटको क्रिकेटमा पनि उनले आफ्नो छाप छाड्न सफल भए। लगातारको राम्रो प्रदर्शनपछि ससेक्सले आर्चरलाई लामो समयका लागि अनुबन्धन समेत गर्यो।

इंग्ल्याण्डको घरेलु क्रिकेटमा गरेको प्रदर्शनकै नतिजा स्वरूप आर्चर अष्ट्रेलियामा बिग ब्यास लिग खेल्न छनोट भए जसले उनलाई विश्वव्यापी रुपमा प्रसिद्ध गर्यो।

होबार्ट हरिकेन्सले सन् २०१७ – १८ को संस्करणमा आर्चरलाई आबद्द गरेको थियो। आफ्नो पहिलो संस्करणमा नै तेश्रो धेरै विकेट लिने बलर बन्द आर्चरको टोलीले फाइनलसम्मको यात्रा तय गर्यो। सन् २०१८ – १९ को संस्करणमा पनि कुल १८ विकेट आफ्नो नाम गर्दै आर्चरले अन्य ठुला लिगका टोलिहरुलाई सोच्न बाध्य बनाए।

पाकिस्तान सुपर लिगमा क्वेटा ग्लेडिएटरको प्रतिनिधित्व गरेका आर्चरलाई राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ( आइपिएल ) खेल्न ७.२ करोड भारतीय रुपैया खर्चिदै आफ्नो टोलि मा समाबेश गर्यो। आइपीएल करियरको पहिलो खेलमा नै म्यान अफ द म्याचको उपाधि पाएका आर्चरले आफ्नो पहिलो आइपीएल सिजनमा ११ विकेट लिन सफल रहे।

उनले इंग्ल्याण्डमा ससेक्स साथ-साथै विश्वभरको टि-२० लिगमा प्रभाव पारिसकेका थिए। त्यसकै नतिजा अनरुप सन् २०१९ मे मा आयरल्याण्ड विरुद्ध एकदिवसीय क्रिकेटमा पहिलो पटक इंग्ल्याण्डबाट खेल्ने मौका पाए।

सुरुवाती २-३ खेलमा नै आर्चरले इंग्ल्याण्डका चयनकर्तालाई विश्वकपमा उनको मुल्यबारे जानकार गराए। इंग्ल्याण्डको विश्वकप प्रारम्भिक टोलिमा नपरेका आर्चरलाई पुन: अन्तिम १५ मा समाबेस गराइयो। अपेक्षा अनुरुप आर्चरको प्रदर्शन समेत यस विश्वकपमा खास रहँदै आएको छ।

वेस्ट इन्डिजका प्रमुख कार्यकारी जोनी ग्रेभले उनि इंग्ल्यान्डको लागि खेल्न योग्य हुनु भन्दा अघि भनेका थिए – ” उनले भोलि वेस्ट इन्डिजको लागि खेल्न सक्छन् र मेरो व्यक्तिगत बिचार अनुसार, उनको वेस्ट इंडीजको लागि राम्रो करियर हुनेछ। आर्चर, इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डका नियमहरू अनुसार सन् २०२२ सम्म इंग्ल्यान्डको प्रतिनिधित्व गर्न योग्य हुने छैनन्। खेलकुदमा ३ बर्षको समय निकै धेरै हो र उनलाई यो थाहा छ कि २०१९ विश्वकपमा र २०२० को टि-२० बिस्वकप खेल्न सक्ने एक मात्र तरिका वेस्ट इंडीजको लागि खेल्ने हो।”

तथापी, आर्चरले उनलाई यस प्रतिक्षा बारे राम्रो संग थाहा भएको जनाए। “म समय आउन्जेल सम्म टी-२० प्रतियोगिहरु र काउन्टी क्रिकेटमा खेल्न सक्छु, टि-२० लीगहरूले मलाई राम्रो अनुभव दिइरहेका छन्”। वेस्टइन्डिस बारे मन बदल्ने बिषयमा आर्चरले “होइन, म ठीक छु,धन्यवाद” भनेका थिए।

सोहि इच्छा बमोजिम उनि अहिले इंग्ल्यान्डबाट बिस्वकपमा प्रतिनिधित्व गरिरहेका छन्। ब्रोड-एन्डरसनको जोडी पनि टेस्ट क्रिकेटमा लामो समय सम्म नखेल्ने हुदा उनले टेस्ट क्रिकेटमा पनि छिट्टै आफ्नो छाप छोड्ने विश्वास गरिएको छ। भनिन्छ उनि इंग्ल्यान्ड क्रिकेटका अर्का ठुला नाम हुन।

२०१९ विश्वकपमा जोफ्रा अर्चरको प्रदर्शन – ९ खेलमा १७ विकेट 

vs दक्षिण अफ्रीका – ३/२७ , vs पाकिस्तान ०/७९ , vs बंगलादेश – ३/२९ , vs वेस्ट इन्डिज – ३/३० , vs अफगानिस्तान – ३/५२ , vs श्रीलंका – ३/५२ , vs अस्ट्रेलिया – १/५६ , vs  भारत ०/४५ , vs न्युजिल्याण्ड – १/१७





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]