बेयरिस्टोको आक्रमक शतकमा इंग्ल्याण्डलाई एकदिवसीय शृंखला

  • विकेटनेपाल, फाल्गुन  २६ – शनिबार

आज सम्पन्न न्युजिल्याण्ड र इंग्ल्याण्ड बीचको पाँचौ एकदिवसीयमामा इंग्ल्याण्डले  घरेलु टोली न्युजिल्याण्ड बिरुद्ध ७ विकेटको सहज जित हात पारेको छ। जितसंगै इंग्ल्याण्डले एकदिवसीय सिरिज ३-२ले कब्जा  गर्यो । यो इंग्ल्याण्डको लगातार तेश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा शृंखला जित पनि हो । यसअघि वेस्ट इन्डिजलाई घरमा र अस्ट्रेलियालाई उसकै  मैदानमा ४-१ ले पाखा लगाएको  थियो ।

क्रिस्टचर्च क्रिकेट मैदानमा भएको पाचौ तथा अन्तिम खेलमा न्युजिल्याण्डले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले मात्र ३ विकेट गुमाएर ३२.४ ओभरमा पुरा गरेको थियो । उसका लागि ओपनर ब्याट्सम्यान जोन्नी बेयरिस्टोले १०४ रनको आक्रमक पारि खेल्नेक्रममा मात्र ६० बलमा ९ चौका र ६ छक्का प्रहार गरे भने अर्का ओपनर  एलेक्स हेयल्स ले ६१ रन को पारि खेले | त्यसैगरी बेन स्टोकेस र जो रुट ले क्रमशः  २६ र २३ रन जोडे । न्युजिल्याण्डका लागि मिचेल  स्यांटनर, ट्रेन्ट बोल्ट र इश सोधीले   १/१ विकेट लिए ।

पछिल्लो खेलमा नायक बनेका  रोस टेलर चोटका कारण  टिम बाट बाहिरिएपछि  खेल सुरु हुन अघि नै न्युजिल्याण्डलाई  ठुलो झट्का लागेको थियो।  पहिलो ब्याटिंग गरेको न्युजिल्याण्डले निर्धारित ४९.५ ओभरमा सबै विकेट  गुमाउदै २२३ मात्र बनाएको थियो । उसका लागि मिचेल  स्यांटनरले ६७ रन (७१ बल, ४ चौका र २ छक्का ) , हेनरी निकोल्सले ५५ रन (८१ बल, १ चौका र १ छक्का ) र मार्टिन गुप्तिलले ४७ रन (६८बल, ३ चौका र १ छक्का ) प्रहार गरे । पहिलो ओभर देखि नै विकेट गुमाउने क्रम सुरु हुदा  कुनै समय घरेलु टोलि ९३/६ को खराब अवस्थामा पुगेको थियो । त्यसपछि उसका लागि हेनरी निकोल्स र मिचेल स्यांटनरले सातौ विकेटका लागि ८४ रनको साझेदारी गर्दै सम्मानजनक योगफल तर्फ पुर्याएका थिए।

बलिंग तर्फ  क्रिस वोकेस (१०-१-३२-३)  र अदिल राशिद(१०-०-४२-३) ले ३-३ विकेट हात परे भने टोम कुर्रान ले २ विकेट चट्काए । त्यसैगरी मोइन अलि र मार्क मार्क वूड १-१  विकेट निकाले ।

खेलमा उत्कृस्ट  ब्याटिंग गरेका जोन्नी बेयरिस्टो प्लेएर  अफ दि म्याच घोषित भए भने शृंखलामा किफाएति बलिंग गर्दै १० विकेट  लिन सफल क्रिस वोकेस प्लेएर  अफ दि  सेरिज़ भए |

सबै खेलको नतिजा – 

पहिलो एकदिवसीय –  न्युजिल्याण्ड ३ विकेटले बिजयी
दोश्रो एकदिवसीय –    इंग्ल्याण्ड ६ विकेटले बिजयी
तेश्रो एकदिवसीय –    इंग्ल्याण्ड ४ रनले बिजयी
चौथो एकदिवसीय –  न्युजिल्याण्ड ५ विकेटले बिजयी
पाँचौ एकदिवसीय – इंग्ल्याण्ड ७ विकेटले बिजयी

(फोटोहरु: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल)

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy