IPL : टसको क्रममा धोनीको मजाक, सोधे – ‘स्लिप राख्न पाइन्छ?’

महेन्द्र सिंह धोनी १४ महिनाको लामो अन्तरालमा शनिवार क्रिकेटमा फर्किएका छन्। गत वर्ष विश्वकप सेमीफाइनलमा न्युजिल्यान्ड बिरुद्ध धोनी अन्तिम पटक मैदानमा उत्रिएका थिए। गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका धोनी आईपीएलमा भने पुनः चेन्नाईको नेतृत्व गर्दै मैदानमा उत्रिएका छन्। मैदानमा फर्कने क्रममा लिगको पहिलो खेलमा मुम्बई बिरुद्ध टसको क्रममा धोनी आफ्नो पुरानै मजाकको मुडमा देखिएका हुन्।

टस जितेपछि धोनीले आफ्नो निर्णय सुनाउनु अघि कमेन्टेटर मुरली कार्तिकलाई रमाइलो प्रश्न गरे – “सामाजिक दुरीको नियम छ, मलाई थाहा पाउन मन छ कि हामीले स्लिप राख्न पाउछौ कि पाउदैनौ ?” धोनीले जोक गरे। “म बलिंग रोज्छु। दोश्रो इनिंगमा राति मैदानमा सित हुनेछ।” धोनीले थपे।

धोनीले टसको क्रममा युएई पुगेपछि १४ दिन क्वारेन्टाइनमा बसेको अनुभव पनि बताए – “क्वारेन्टाइनमा पहिलो ६ दिन निकै मुस्किलले बितेको थियो। सबैलाई आफ्नो तरिकाले समय बिताउन र फिट राख्न छुट थियो। म सबै टिम सदस्यहरुको तारिफ गर्न चाहन्छु। सबै सदस्यहरुले समयको सहि सदुपयोग गरे जुन क्रममा कोहि पनि निराश थिएनन्।”

टसको क्रममा मुम्बई कप्तान रोहित र धोनी

“युएईको अभ्यास सुविधा निकै राम्रो थियो। १४ दिन क्वारेन्टाइन पछि बाहिर निस्कन पाउदा निकै खुसि लागेको थियो” उनले थपे।

धोनी कप्तानीको टिमलाई गत वर्ष लिगको फाइनलमा रोहित कप्तानीको मुम्बईले १ रनले पराजित गरेको थियो। धोनीलाई उक्त खेलको बदला लिने बारे गरिएको प्रश्नमा उनले बताए – “भलाद्मीहरुको खेल हो तपाई बदला लिने बारे सोच्नु हुँदैन। बरु तपाई आफुले गरेको गल्ति बारे सोच्नुहुन्छ।”

सम्बन्धित :-

IPL Match 1 – चेन्नाईले टस जितेर फिल्डिंग रोज्यो, अन्तिम-११ मा को-को छन्

IPL Match 1 : मुम्बई र चेन्नाईमा को बलियो ? दुवै टिमको बलियो र कमजोर पक्ष

“कुनै शंका ?” सचिनले बताए आईपीएल जित्नसक्ने आफ्नो प्रिय टिम

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy