बेयरस्टोले विस्फोटक ब्याटिंग गर्दै केरलालाई दिलाए दोश्रो जित

  • विकेटनेपाल, मङ्सिर १४ – शुक्रबार 

इंग्ल्याण्ड क्रिकेटर जोनी बेयरस्टोले रेकर्ड ब्याटिंग गरेपछि केरला नाइट्सले टि-१० क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलमा बङ्गाल टाइगर्सलाई ७ विकेटले पराजित गरेको छ।

लिगको ६ खेलमा दोश्रो जित हात पारे पनि केरला नाइट्स प्ले-अफ चरण प्रवेश गर्न भने असफल रह्यो। नाइट्सले प्रतियोगिताको पहिलो खेलमा पखुतन्सलाई ८ विकेटले पराजित गरेको थियो जसपछि ३ खेलमा हार तथा १ खेल वर्षाको कारण नतिजाविहिन टुंगिएको थियो।

खेलमा टस हारेर ब्याटिंग गर्दै बेङ्गाल टाइगर्सले दिएको १२४ रनको लक्ष्य केरलाले ८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। लक्ष्य पछ्याउने क्रममा पहिलो २ विकेट १२ रनमै गुमाए पनि त्यसपछि चौथो नम्बरमा ब्याटिंग गर्न आएका जोनी बेयरस्टोले प्रतियोगिताकै सर्वाधिक रन बनाउदै टिमलाई सहज जित दिलाए।

बेयरस्टोले अविजित ८४ रन बनाउने क्रममा मात्र २४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे। त्यस क्रममा उनले १७ बलमै आफ्नो अर्धशतक प्रहार गरेका थिए। उनले आठौँ ओभरमा आमिर यामिनलाई ३ छक्का र २ चौका प्रहार गरे। बेयरस्टोले बनाएको ८४ रन टि-२० क्रिकेटको यो सिजनकै सर्वाधिक व्यक्तिगत रन हो।

टाइगर्सको लागि मोहम्मद नबिले २ र सुनिल नारायणले १ विकेट लिए पनि जितको लागि पर्याप्त हुन सकेन। मुजिब उर् रहमानले २ ओभरमा ३० रन तथा आमेर यामिनले २ ओभरमा ४४ रन खर्चिए।

यस अघि पहिलो इनिंगमा बेङ्गाल टाइगर्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

बेङ्गालको ब्याटिंगमा ओपनर सुनिल नारायणले विस्फोटक इनिंग खेल्दै अर्धशतक प्रहार गरे जुन क्रममा ५२ रन बनाउन मात्र २५ बलमा ४ छक्का र ४ वटै चौका प्रहार गरे। यस्तै शरफेन रुथरफोर्डले ३९ रन ( १७ बल, ४ चौका र ३ छक्का ) बनाए।केरलाको बलिङ्गमा वायन पार्नेल र बेन्नी होवेलले २/२ विकेट तथा सोहेल तन्बिरले १ विकेट लिए।

सन्दिप फेरी महँगो,सावित हुँदा १ ओभर बलिङ्ग गर्न पाए  

प्रतियोगिताको पछिल्लो खेलमा निकै महँगो सावितमा नर्थर्न वारियर्ससंग २ ओभरमा ४७ रन खर्चदै निकै महँगो सावित भएका सन्दिपले दोश्रो ओभरमा पनि उस्तै नतिजा बेहोरे। सुरुवाती खेलमा जस्तो लाइन र लेन्थमा निरन्तरता दिन नसक्दा सन्दिप निरिह सावित हुन पुगे।

इनिंगको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले पहिलो बल वाइड फाले भने दोश्रो बलमा रन दिएनन्। तेश्रो बलमा पुनः वाइड बल गरेका सन्दिपलाई त्यसपछि सुनिल नारायणले लगातार २ छक्का प्रहार गरे। त्यसपछि लगातार २ बल डट गर्दै कमब्याक गते पनि अन्तिम बलमा नारायणले पुनः अर्को छक्का प्रहार गर्दै ओभर अन्त्य गरे। पहिलो ओभरमा सन्दिपले २० रन खर्चिए।

पहिलो ओभरमा सन्दिपले कमजोर बलिङ्ग गरेपछि कप्तान ओएन मोर्गनले उनलाई दोश्रो ओभर बलिङ्गमा ल्याएनन्। प्रतियोगिताको सम्पूर्ण खेलमा पुरा २ ओभर बलिङ्ग गरेका सन्दिपलाई पहिलो पटक दोश्रो ओभर बलिङ्ग गर्न नदिईएको हो।

सन्दिपको ओभर बिस्तृतमा- 

१.१- लामिछाने – नारायण = वाइड , १.१- लामिछाने – नारायण = डट बल
१.२ –  लामिछाने – नारायण = वाइड, १.२ – लामिछाने – नारायण = छक्का !
१.३ – लामिछाने – नारायण = छक्का ! , १.४– लामिछाने – नारायण = डट बल
१.५– लामिछाने – नारायण = डट बल , १.६– लामिछाने – नारायण = छक्का !

कमजोर प्रदर्शनको क्रममा कमेन्टेटरहरुले पछिल्लो खेलपछि सन्दिपले आत्मबिश्वास गुमाएको बताएका थिए। सानै उमेर भएकोले सिक्ने कुरा धेरै भएको र लेग स्पिन गर्न सजिलो नभएको कमेन्टेटरले बलिङ्गको क्रममा बताए। यस्तै एक कमेन्टेटरले सन्दिपले गुड लेन्थमा बलिङ्ग गर्न चुकेको बताएका थिए।

प्रतियोगितामा यस अघि सन्दिपको प्रदर्शन 

पहिलो खेल –  बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

दोश्रो खेल – बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

तेश्रो खेल – बिरुद्ध राज्पुत्स ( २-०-२३-२ ) : लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो तेस्रो खेलमा समेत २ विकेट हात पारे। बर्षाका कारण पछि गएर रद्ध भएको खेलमा सन्दिपले आफ्नो २ ओभरमा उत्कृस्ट लयमा रहेका मोहम्मद सेहजाद र कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए।

पहिलो ओभर – १ रन, डट बल, डट बल, १ रन, विकेट ! , चौका
दोस्रो ओभर – छक्का, छक्का, १ रन, विकेट, डट बल, चौका

चौथो खेल – बिरुद्ध पन्जाबी लेजेन्ड्स ( २-०-२८-० ) 

प्रतियोगिताको पहिलो ३ खेलमा ६ विकेट लिएका नेपाली गुगली ब्वाई पहिली पटक विकेट विहिन बने।खेलको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको पहिलो ओभरमै उमर अकमलले ३ चौका र १ छक्का प्रहार गर्दै कुल १८ रन प्रहार गरेका थिए। त्यसपछि सुधारिएको बलिङ्ग गर्दै सन्दिपले दोश्रो ओभरमा १० रन खर्चिए र २ ओभरमा २८ रन खर्चिए।

पहिलो ओभर ( ६ , ४ , ० , ० , ४ , ४ ) – छक्का ( उमर अकमल ) , चौका ( उमर अकमल ) , डट बल, डट बल, चौका ( उमर अकमल ) , चौका ( उमर अकमल )

दोश्रो ओभर ( ४ , १ , ० १ , ४ , ० ) – चौका ( मुर ) , १ रन ( मुर ) , डट बल ( साल्ट ) , १ रन ( साल्ट ) , चौका ( मुर ) , डट बल ( मुर )

पाँचौ खेल – बिरुद्ध नर्थर्न वारियर्स ( २-०-४७-० ) 

नर्थर्न वारियर्स बिरुद्ध २ ओभर बलिङ्ग गर्दा सन्दिपलाई निकोलस पुरन र आन्द्रे रसेलले कुल ७ छक्का हिर्काए र उनले कुल ४७ रन खर्चिए। पहिलो ओभरमा उनलाई निकोलस पुरनले ३ छक्का हिर्काए जसपछि दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपलाई आन्द्रे रसेलले ३ छक्का र पुरनले १ छक्का प्रहार गर्दै निरिह सावित गरे।

कसिलो बलिङ्ग गर्नको लागि चिनिने सन्दिपले २३.५ प्रतिओभर रन दिए जुन उनले हालसम्म नेपाल राष्ट्रिय टिम, नेपाली घरेलु क्रिकेट, यु-१९ टिम र अन्य बिदेशी लिगमा बलिङ्ग गर्दा दिएको सबैभन्दा धेरै प्रतिओभर रन हो।

टि-१० लिगका लागि अगस्टमा सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।

( फिचर फोटो – फाइल )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]