जोन्टि-११ र पारस-११ बिच मैत्रीपूर्ण च्यारिटी खेल हुँदै

  • विकेटनेपाल, मङ्सिर ८ 

काठमाण्डौ स्थित टियु क्रिकेट मैदानमा आज शनिवार पारस-११ र जोन्टि ११ बिच मैत्रीपूर्ण खेल हुने भएको छ।

प्रशिक्षणको शिलशिलामा नेपाल आएका महान् क्रिकेटर जोन्टि रोड्स र राष्ट्रिय टिमका कप्तान पारस खड्काको टोलि बिच अस्टिम केयर सोसाइटीको लागि च्यारिटी खेल खेलीने भएको हो।

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको आयोजनामा आयोजना भइरहेको ‘राइज अफ द क्रिकेटिंग स्टार्स विथ जोन्टि रोड्स’ कार्यक्रम अन्तर्गत पछिल्लो केहि साता यता जोन्टि नेपालमा रहेका छन्। जोन्टिसंग नेपाली यु-१९ राष्ट्रिय क्रिकेटरहरु तथा अन्य यु-१६ र यु-१९ क्रिकेटरहरु क्रिकेटको बिभिन्न पाटोको प्रशिक्षण लिएका थिए। उनलाई सघाउन अफगानिस्तान र वेस्ट इन्डिज टिमका पुर्व फिल्डिंग प्रशिक्षक रायन मेरोन पनि रोड्ससंगै नेपाल आएछन्। गत नोभेम्बर १२ मा नेपाल आइपुगेका दुबैले १४ तारिकबाट प्रशिक्षण थालेका थिए।

शुक्रवार दिउसो १२ बजेबाट सुरु हुने खेलमा जोन्टि रोड्स, रायन मरुन र पारस खड्का सहित अन्य क्रिकेट खेलाडी, इभेन्ट आयोजक र कलाकारहरुको सहभागिता रहने आयोजकले विकेट नेपाललाई जानकारी गरएकोछ।

खेल हेर्न आउने दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ।

पारस ११ नाम दिइएको टोलीमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का सहित अन्य राष्ट्रिय टोलीका खेलाडीहरु र पुर्व क्रिकेटरहरु सहभागी हुनेछन्। यस्तै जोन्टि ११ को टोलीमा भने जोन्टि रोड्स, रायन मरुन सहित कलाकार सुनिल थापा र अन्य कलाकारहरु, आयोजक नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडका अन्य व्यक्तित्वको सहभागिता रहने छ।

Sunil Thapa ( Pic – Glocal Khabar )

अधिकारिक रुपमा आयोजकले खेलमा सहभागी हुनेहरुको नाम भने सार्वजनिक गरेको छैन।

‘राइज अफ द क्रिकेटिंग स्टार्स विथ जोन्टि रोड्स’ कार्यक्रमका ब्राण्ड एम्बासडर समेत रहेका नेपाली चलचित्र जगतका हस्ती सुनिल थापा सहित अन्य कलाकारहरुले समेत जोन्टि – ११ को टोलीबाट खेल्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]