महान क्रिकेटर जोन्टि रोड्स नेपाल आउदै

  • विकेटनेपाल, भदौ २८ – बिहिबार 

बिश्व क्रिकेटका महान दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स अक्टोबरमा नेपाल आउने भएका छन्।

फिल्डिंग कलाको कारण बिश्वकै उत्कृस्ट फिल्डरको रुपमा चिनिने रोड्स अक्टोबर २२ तारिकमा २ हफ्ताको लागि नेपाल आउन लागेका हुन्।

काठमाडौँ रातो पुल स्थित इन्डोर क्रिकेट एकेडेमी नेपाल क्रिकेट स्कुलको पहलमा आउन लागेका रोड्सले नेपाल बसाईको क्रममा क्रिकेटको बिभिन्न पाटो सम्मेलित प्रशिक्षण दिनेछन्। उनलाई नेपाल ल्याउन क्रिकेट स्कुलका संचालक करन घिमिरे ‘मे’ महिनामा भारत पुगेका थिए। रोड्स आउने बारे विस्तृत जानकारी भने स्कुलले दिएको छैन।

रोड्ससंग नेपाल क्रिकेट स्कुलका संचलाक करन घिमिरे

 

नेपाल रहने क्रममा उनले क्रिकेटको फिटनेस टेस्ट र ट्रेनिंग गर्नेछन् भने नेतृत्व कला, स्पोर्ट्स मेडिसिन, जित्ने कला जस्ता बिषयमा प्रशिक्षण दिने बताईएको छ। प्रशिक्षण टियु मैदानमा संचालन हुनेछ।

उमेरले ४९ नाघेका रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका थिए। २००३ को एकदिवसीय बिश्वकप पछि सन्यास लिएका दायाँ हाते ब्याट्सम्यानले टेस्टमा ३५.६६ को औशतले २,५३२ रन तथा एकदिवसीयमा ३५.११ को औशतले ५९३५ रन बनाएका छन्।

सन् ११९२ को एकदिवसीय बिश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउटको कारण प्रख्यात रोड्सलाई त्यति बेला एउटा पत्रिकाले “के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टि हो” लेखेको प्रसंग चर्चित मानिन्छ। हावामा उड्दै उनले गरेको रन आउट बिश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो।

रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिंग कोच रहेका थिए भने  श्रीलंका,दक्षिण अफ्रीका, केन्या जस्ता टिमहरुको प्रशिक्षण गरिसकेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy