नेपाली युवा टिम बलियो बताउदै जोन्टि रोड्सले सम्झिए बिश्व प्रख्यात इन्जमाम ‘रन आउट’

Jonty Rhodes
  • विकेटनेपाल, कार्तिक २६ 

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रालिको आयोजनामा काठमाडौँमा मंगलबार देखि सुरु हुने ‘राइज अफ द क्रिकेटिंग स्टार्स विथ जोन्टि रोड्स’ कार्यक्रमको लागि दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स नेपाल आएका छन्।

१६ र १९ बर्ष मुनिका क्रिकेटरहरुको सिप विकासको लागि आयोजना गरिएको कार्यक्रममा दक्षिण अफ्रीकि क्रिकेटर तथा मुम्बई इन्डियन्सको ९ बर्ष फिल्डिंग प्रशिक्षक रहेका रोड्स मुख्य प्रशिक्षकको रुपमा रहनेछन्।

काठमाडौँमा सोमबार दिउसो आयोजित पत्रकार सम्मेलनमा रोड्सले भ्रमण र नेपाली क्रिकेटबारे आफ्नो धारणा राखेका थिए।

“यहाँको आतिथ्यबाट म निकै प्रभावित छु र आफ्नै घर आए जस्तो लागिरहेको छ” पत्रकार सम्मेलको सुरुवातमै रोड्सले अतिथ्यबाट प्रभावित रहेकोमा खुसि ब्यक्त गरेका थिए।

नेपाल आउनु अघि नेपाली क्रिकेटको बारेमा के थाहा थियो भन्ने प्रश्नमा उनले नेपाली यु-१९ टिम बलियो रहेको थाहा पाएको सुनाए-

“नेपाल आउनु अघि मैले नेपाली यु-१९ टिम निकै बलियो रहेको थाहा पाएको थिए, जुन टिमले दक्षिण अफ्रीका, पाकिस्तान, भारतजस्ता देशहरुलाई पराजित गरिसकेको छ”

रोड्सले नेपालको युवा टिम राम्रो भए पनि त्यो स्तरको प्रदर्शनले सिनियर स्तरमा निरन्तरता पाउन नसकेको तथ्यबारे समेत जानकार रहेको बताए –

“नेपाल आउनु अघि नेपाल बारे मेरो धारणा यही हो कि नेपाल यु-१९ टिममा निकै राम्रो छ, यहाँ ट्यालेन्टहरु छन् तर यु-१९ टिमको प्रदर्शनले निरन्तरता पाउन सकेको छैन”

“सुबिधा, लगानी र पूर्वाधारको कमिको कारणले खेलाडीहरु माथि जान नसकेको रहेछ, दक्षिण अफ्रीकाको जस्तो स्कुल सिस्टम, क्लब  सिस्टम, स्टेट टिम, स्टेट एकेडेमी यहाँ छैन” नेपाल र दक्षिण अफ्रीकाको क्रिकेटको भिन्नता उनले अझ प्रस्ट्याए-

“दक्षिण अफ्रीकामा खेल्ने खुला ठाउँहरु छ, स्कुलहरुसंग राम्रो फेसिलिटी छ, हिजो टियु मैदानको भ्रमणमा गयौं, राम्रो सुबिधा छ तर दुर्भाग्य काठमाडौँमा त्यस्तो ठाउँ एउटा मात्रै छ”

आफ्नो चाहना १० दिन नेपालमा क्याम्प गर्दा नेपालको सबै उमेर समुहको क्रिकेटको निरन्तर विकास भएको हेर्ने चाहना ४९ बर्षिय रोड्सले ब्यक्त गरे।

हाई परफर्मेन्स क्याम्पको दौरान रोड्सले क्रिकेट खेलको दौरान आउने बिभिन्न परिस्थितिमा कसरि नियन्त्रण गर्ने बारे आफुले सिकाउन आफ्नो जोड रहने बताए। उनले दैनिक ८ घण्टा भन्दा स्तरीय ३-४ घण्टाको प्रशिक्षण फलदायी हुने आफ्नो बिश्वास समेत ब्यक्त गरेका थिए।

रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका थिए। २००३ को एकदिवसीय बिश्वकप पछि सन्यास लिएका दायाँ हाते ब्याट्सम्यानले टेस्टमा ३५.६६ को औशतले २,५३२ रन तथा एकदिवसीयमा ३५.११ को औशतले ५९३५ रन बनाएका छन्।

पत्रकारसंगको अन्तरक्रियाको क्रममा उनले सन् १९९२ को बिश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकलाई गरेको बिश्व प्रसिद्ध रन आउटको प्रसंग सम्झिदै त्यस घटनाले खेलमा राम्रो फिल्डरको महत्व बढाएको बताए –

“इन्जमाम त्यो बेला मात्र १९ बर्षको थिए तर उनले त्यो बेलानै आफु खराब रनर रहेको प्रभाव छोडीसकेका थिए, त्यसरी रन आउट गर्ने निर्णय मैले त्यही मौकामै गरेको थिएँ जुन मैले त्यस अघि र पछि गरिन”

सन् १९९२ को एकदिवसीय बिश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउटको कारण प्रख्यात रोड्सलाई त्यति बेला एउटा पत्रिकाले “के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टि हो” लेखेको प्रसंग चर्चित मानिन्छ। हावामा उड्दै उनले गरेको रन आउट बिश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो।

“ईन्जमामलाइ गरेको रन आउटले गर्दा खेलको ब्याटिंग र बलिङ्ग पछिको तेश्रो पक्ष फिल्डरको महत्व मानिसहरुलाई बुझायो”

“म भन्दिनको त्यो घटनाले फिल्डिंगलाई हेर्ने तरिकामा ठुलो परिवर्तन ल्यायो तर त्यसले राम्रो फिल्डरको महत्व कति छ भन्ने महत्व बुझाउन बिउको काम गर्यो”

रोड्ससंगै अफगानिस्थान र वेस्ट इन्डिज टिमको फिल्डिंग प्रशिक्षक रहीसकेका रायन मारुन पनि नेपाल आएका छन्।

हाई परफर्मेन्स क्याम्प अन्तर्गत पहिलो दिन रोड्सले प्रशिक्षकहरुलाई मंगलबार दिउसो टीयु मैदानमा प्रशिक्षण दिनेछन् जसपछि बुधबारबाट क्याम्पको लागि नाम दर्ता गराएका खेलाडीहरुलाई उनले नोभेम्बर २३ सम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

क्याम्पको लागि आयोजक नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड प्रालिले सहभागी हुने खेलाडीहरुलाई रु. ५० हजार शुल्क राखेको छ। त्यस बापत सहभागीले बर्ष भरि नेपाल क्रिकेट स्कुलमा निशुल्क प्रशिक्षण समेत गर्न पाउने छन्।

 

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]