नेपाल आइपुगे महान क्रिकेटर जोन्टि रोड्स

  • विकेटनेपाल, कार्तिक २६ सोमबार 

बिश्व क्रिकेटका महान दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स आइतबार नेपाल आइपुगेका छन्।

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको आयोजनामा नोभेम्बर १२ सोमबार देखि नोबेम्बर २१ सम्म संचालन हुने हाई परफर्मेन्स क्याम्पको लागि रोड्स नेपाल आएका हुन्। उनिसंगै वेस्ट इन्डिज क्रिकेट टिमका पुर्व फिल्डिंग प्रशिक्षक रायन मारुन पनि नेपाल आईसकेका छन्।

टियु क्रिकेट मैदानमा संचालन हुने क्याम्प सुरु हुनु अघि रोड्सले आइतबार टियु मैदानको निरिक्षण भ्रमण गरिसकेका छन् र आज दिउसो २ बजे कार्यक्रमबारे पत्रकार सम्मेलनमा उपस्थित हुने कार्यक्रम रहेको छ।

नेपाल रहने क्रममा उनले क्रिकेटको फिटनेस टेस्ट र ट्रेनिंग गर्नेछन् भने नेतृत्व कला, स्पोर्ट्स मेडिसिन, जित्ने कला जस्ता बिषयमा प्रशिक्षण दिने बताईएको छ। प्रशिक्षण टियु मैदानमा संचालन हुनेछ।

आइतबार टियु मैदान निरिक्षण गर्दै रोड्स
आइतबार टियु मैदान निरिक्षण गर्दै रोड्स

विकेटनेपालसंग अनौपचारिक कुराकानीमा नेपाल क्रिकेट स्कुलका संचालक करन घिमिरेले रोड्सलाई ल्याउन निकै महँगो शुल्क तिर्नुपरेको बताएका छन्। रोड्स अथवा उनि जस्तै ठुला क्रिकेटरलाई प्रत्येक बर्ष नेपाल ल्याउने समेत घिमिरेले बताएका छन्। उनलाई नेपाल ल्याउन घिमिरे मे महिनामा भारत पुगेका थिए।

रोड्ससंग हाई परफर्मेन्स क्याम्पमा सहभागी हुन् आयोजकले प्रति-ब्यक्ति ५० हजार रुपैयाँ शुल्क राखेको थियो।

नेपाल आएपछि रोड्सले चर्चित नेपाली अभिनेता सुनिल थापासंग आइतबार राति बिशेष डिनर गरेका छन्। थापा आयोजनाको ब्रान्ड एम्बासडरको रुपमा समेत रहेका छन्।

अभिनेता सुनिल थापासंग आइतबार राति रोड्सले डिनर गरेका छन् ( फोटो – सुनिल थापा, फेसबुक )

उमेरले ४९ नाघेका रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका थिए। २००३ को एकदिवसीय बिश्वकप पछि सन्यास लिएका दायाँ हाते ब्याट्सम्यानले टेस्टमा ३५.६६ को औशतले २,५३२ रन तथा एकदिवसीयमा ३५.११ को औशतले ५९३५ रन बनाएका छन्।

सन् १९९२ को एकदिवसीय बिश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउटको कारण प्रख्यात रोड्सलाई त्यति बेला एउटा पत्रिकाले “के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टि हो” लेखेको प्रसंग चर्चित मानिन्छ। हावामा उड्दै उनले गरेको रन आउट बिश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो।

रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिंग कोच रहेका थिए भने श्रीलंका,दक्षिण अफ्रीका, केन्या जस्ता टिमहरुको प्रशिक्षण गरिसकेका छन्।

 

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]