महान दक्षिण अफ्रिकी क्रिकेटर जोन्टि रोड्स स्विडेनको प्रमुख प्रशिक्षक तथा अन्य बिभिन्न जिम्मेवारी लिने गरि अनुबन्धित भएका छन्।
इमर्जिंग क्रिकेटका अनुसार रोड्स स्विडेनमा स्थायी रुपमा बस्नेछन् जहाँ उनको अनुबन्ध पूर्णकालीन हो। ५१ वर्षीय पूर्व क्रिकेटरले मुख्य प्रशिक्षक बाहेक स्विडेन देशको क्रिकेट बिकास, तल्लो तहको क्रिकेट, योजनामा समेत काम गर्नेछन्।
हाल युएईमा किंग्स-११ पन्जाब टिमको फिल्डिंग प्रशिक्षकको जिम्मेवारी निभाइरहेका रोड्सले आफ्नो अनुभव उदयमान राष्ट्रमा लगाउन उत्साहित रहेको बताएका छन् -“३ महिना अघि देखि स्वीडीस क्रिकेट फेडेरेसनसंग कुरा भएको थियो जुन क्रममा निकै राम्रो सम्झौता भएको छ।” रोड्सले बताए।
स्वीडीस क्रिकेट फेडेरेसनका प्रदर्शन निर्देशक बेन हाराडीनले रोड्सको अनुबन्धले देशको क्रिकेट विकास हुनेमा विश्वास व्यक्त गरेका छन् -“रोड्सलाई क्रिकेटको रुपमा भन्दा व्यक्तिको रुपमा चिन्न पाउदा निकै खुसि लाग्यो। हामि स्विडेनमा उनलाई पाउदा साच्चै उत्साहित छौँ”

स्विडेनमा पछिल्लो समय क्रिकेटको माहोल बढीरहेको छ र पछिल्लो २ वर्षमा १७ बाट बढेर ७८ वटा क्लब दर्ता भैसकेको छ। अफगानिस्तान र पाकिस्तान जस्ता देशबाट आएका आप्रवासीहरुले गर्दा ह्वात्तै क्रिकेटको माहोल बढेको हो। आइस हकी प्रसिद्ध रहेको देशमा अहिले २ हजार भन्दा बढी नियमित क्रिकेटरहरु रहेका छन्।
रोड्स नोभेम्बरमा आईपीएल सकेपछि स्वीडेन प्रस्थान गर्नेछन् जहाँ उनि बस्नको लागि सबै कागजी प्रक्रिया भैसकेको छ। “मेरो श्रमती र म स्विडेनको स्कुल सिस्टमको निकै ठूलो समर्थक हौँ र म केहि समय देखि यूरोपियन क्रिकेट नजिकबाट नियाली रहेको छु।” रोड्सले बताए।
स्विडेन पुरुष क्रिकेट टिम विश्वको ४३ औं वरियतामा रहेको छ जसले अन्तिम पटक टि-२० विश्वकप युरोपियन छनौट प्रतियोगिता २०१८ मा खेलेको थियो। स्वीडेन यूरोपियन क्रिकेट लिगको समेत सदस्य रहेको छ।

रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट र २४५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। उनलाई विश्वकै उत्कृस्ट फिल्डरको रुपमा अझ बढी चिनिने गरिन्छ जसले क्रिकेटमा फिल्डिंगको परिभाषा परिवर्तन गर्दै खेलमा त्यसको महत्व बढाएका थिए। दक्षिण अफ्रीकाक लागि उनले १९९२ देखि २००३ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेले जसमा ३५ भन्दा बढीको औशतले ८ हजार बढी रन बनाएका थिए।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/rashtriy-kheladi-talab-wn20/
https://wicketnepal.com/who-is-no1-od-batsman-smith-wn20/
https://wicketnepal.com/cpl-t20-final-prev-wn20-tri-vs-st-lucia/
https://wicketnepal.com/uae-pitch-not-high-scoring-wn20/
https://wicketnepal.com/kohli-ipl-team-rcb-balance-wn20/
https://wicketnepal.com/sandeep-wicketless-first-time-wn20/