बट्लरको शतकमा इंग्ल्याण्डको रोमान्चक जित

  • विकेटनेपाल – ७ माघ, आईतवार

अस्ट्रेलिया बिरुद्धको एक दिवसीय सिरिजको तेस्रो खेलमा इंग्ल्याण्डले जित हात पारेको छ। सिड्नी क्रिकेट ग्राउण्डमा अस्ट्रेलियालाई १६ रनले हाराउँदै इंगल्याण्डले शृंखलामा ३-० को अजेय बढत समेत हात पार्न सफल भयो।

इंग्ल्याण्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउंदै २८६ रनमात्र जोड्न सक्यो र नतिजा १६ रनले इंग्ल्याण्डको पक्षमा रह्यो।

यो अस्ट्रेलियाको भुमिमा इंग्ल्याण्डको पहिलो एक दिवसीय सिरिज जित पनि हो। यसअघि इंग्ल्याण्डले अस्ट्रेलियामा गएर एक दिवसिय शृंखलामा जित हात पार्न सकेको थिएन। साथै इंग्ल्याण्ड बिरुद्ध अस्ट्रेलियाको यो अन्तिम ७ खेलमा छैठौं हार पनि हो। एसेज टेस्टमा ४-० को लज्जास्पद हारपछि एक दिवसीय शृंखलामा भने इंग्ल्याण्डले उत्कृस्ट पुनरागमन गरेको छ।

थोरैले चुक्यो अस्ट्रेलिया 

ठुलो लक्ष्यको पिछा  गर्ने क्रममा अस्ट्रेलियाका एरन फिन्चले ६२ रन जोडे। ५३ बलको सामना गरेका फिन्चले ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै मिचेल मार्श र मार्कस स्ट्वाईनिसले अर्ध शतक बनाएपनि अस्ट्रेलियालाई जित दिलाउन सकेनन्। मार्शले ५५ तथा स्ट्वाईनिसले ५६ रन बनाए। अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ भने बिबादास्पद निर्णयको शिकार बने। व्यक्तिगत ४५ रन बनाएर खेलिरहेका स्मिथलाई एम्पाएरले मार्क वुडको बलमा जस् बट्लरबाट क्याच आउट दिएका थिए।

घरेलु टोलि अस्ट्रेलियालाई सस्तैमा रोक्ने क्रममा इंग्ल्याण्डका ३ बलरले २-२ विकेट हात पारे। मार्क वुड, क्रिस वोक्स र आदील रशिदले समान २-२ विकेट निकाल्दा अस्ट्रेलियाका ब्याट्सम्यान जवाफ बिहिन रहे।

बट्लरको शतक

यसअघि अस्ट्रेलियाले टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ३०२ रन जोडेको थियो। उसका लागि किपर ब्याट्सम्यान जस् बट्लरले शतक बनाएका थिए।

आफ्नो एक दिवसीय क्यारियरको पाँचौ शतक बनाउने क्रममा बट्लरले अविजित १०० रन बनाएका थिए। ८३ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए। बट्लरले ७औं विकेटका लागि क्रिस वोक्ससंग अविजित ११३ रनको साझेदारी गरेका थिए। यो बट्लरको क्यारियरको सबैभन्दा ढिलो बनेको शतकपनि हो। यसअघिका सबै शतक ७५ बल वा त्यो भन्दा छिटो बनेका थिए।

यस्तै भ्रमणकारी टोलि इंग्ल्याण्डका लागि क्रिस वोक्सले अविजित ५३ रनको योगदान गरेका थिए। बिष्फोटक ब्याटिंग गर्ने क्रममा वोक्सले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए।

अस्ट्रेलियाको बलिंगमा जस् हेजलवुडले २ विकेट चट्काएका थिए। १० ओबरमा ५८ रन खर्चंदा उनले इंगलिस कप्तान ओएन मोर्गन र जो रुटलाई पभेलियनको बाटो देखाउन सफल भएका थिए। यस्तै अन्य ४ बलरलर भने समान १-१ विकेट हात पारेका थिए।

 





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]