सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी

Basu Joshi

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिवार धनगढीमा सम्पन्न संघको दोश्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

लामो समयदेखि क्रिकेटजन्य गतिविधिमा सक्रिय जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्यमा रहेका थिए । जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा रमेश बहादुर बोहरा बैतडी,सचीव लक्ष्मण दत्त भट्ट कंचनपुर,कोषाध्यक्ष दिनेश सिंह डोटी,सदस्यहरुमा हरी रेग्मी कैलाली,शेर सिंह खत्री बैतडी,तेज कार्की दार्चुला,अनिल कुँवर अछाम,माया रावत साउँद महिला सदस्य कंचनपुर,रमेश बहादुर चन्द डोटी,जोग बहादुर दौल्याय बझाङ्ग,बाबुराजा श्रेष्ठ कैलाली र आशिष कुमार खत्री कंचनपुर निर्विरोध निर्वाचित भएका हुन ।

क्यानको आगामी असोजमा हुन गैरहेको केन्द्रिय अधिवेशनका लागि अहिले जिल्ला तह हुँदै प्रदेश अधिवेशनहरु सम्पन्न भैरहेका छन् ।

साधारणसभामा बोल्दै अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवाले नेपाली क्रिकेटलाई माथी पुर्‍याउन भारतसँग सहकार्य गर्नुपर्ने बताए । उनले विश्वकृकेटको सबभन्दा धनी संस्था बिसिसीआई भएकोले उसँग छलफल अगाडि बढाएर नेपाली कृकेटलाई सहयोग गर्न आग्रह गर्नुपर्ने बताए । मन्त्री देउवाले फाप्ला मैदान बनाउन आफ्नो तर्फबाट विभिन्न तह र तप्लासँग कुरा चलिरहेको र खेलग्राम समितिका अध्यक्ष सुवास शाहिसँग पनि नियमित सम्पर्कमा रहेकाले छिट्टै सकारात्मक परिणाम आउने बताए ।

साधारणसभामा बोल्दै नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले नेपालमा अरु धेरै खेलहरु लोकप्रिय रहेपनी तत्कालै विश्वकपमा सहभागी भैहाल्ने अवस्था नदेखिएकोले सरकारले कृकेट खेलमा लगानी बढाएर देशको क्रिकेटको स्तरलाई अझ माथी पुर्‍याउनुपर्ने बताए । उनले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेकाले अब उत्कृस्टताका लागि राज्यले विशेष पहल चाल्नुपर्ने बताए । हामीलाई आइसिसीले एकदम विश्वास गरेको छ,पत्याएको छ त्यसैले बारम्बार नेपाललाई अवसर दिइरहेको छ त्यसको सदुपयोग गर्नुपर्छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरी रेग्मिको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचीव दिपक बहादुर सिंह रहेका थिए। त्यस्तै अतिथिमा क्यान केन्द्रिय सदस्यहरु बिरेन्द्र चन्द,बिक्रम बिस्ट लगायतको उपस्थिति रहेको थियो ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]