Nepal T20 : जनकपुरको पाँचौ जितमा जोरा उत्कृस्ट

Sundeep Jora

फारवेस्ट युनाइटेडलाई ८२ रनले सहजै पराजित गर्दै जनकपुर रोयल्सले नेपाल टि-ट्वान्टी लिगमा पाँचौ जित दर्ता गरेको छ।

टियु मैदान कीर्तिपुरमा जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फारवेस्टले १५.१ ओभरमा ७९ रनमा सबै विकेट गुमायो। स्कोरकार्ड

फारवेस्टका कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन, राशिद खानले अविजित १७ तथा भिम शार्कीले १६ रन बनाए।

जनकपुरका समिउल्लाह शिनवारिले सर्वाधिक ३ विकेट ( ३-०-१६-३ ) लिए। सोमपाल कामि र पवन सर्राफले २/२ तथा शरफुद्दीन अशरफ, जितेन्द्र मुखिया र ललित राजवंशीले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ७ विकेट क्षेतीमा १६१ रन बनायो।

जनकपुरका सन्दिप जोराले प्रतियोगिताको दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५५ रन बनाए जुन क्रममा मात्र ३२ बलमा १ चौका र ५ छक्का प्रहार गरे। कप्तान ट्रेभोन ग्रिफिथले ३२, चाडविक वाल्टनले २४, शरफुद्दीन अश्रफले २० तथा राजेश पुलामीले १६ रन बनाए।

अश्रफ र  ग्रिफिथले ५२ रनको ओपनिंग साझेदारी गरेका थिए भने जोराले छैठौं विकेटको लागि राजेश पुलामीसंग ६१ रनको साझेदारी गरे।

फारवेस्टका बलर प्रकाश जैसीले ३, भुवन कार्कीले २ तथा नुर एहमदले १ विकेट लिए।

जितपछि ७ खेलमा ५ जित र २ हार बेहोरेको जनकपुर १० अंक सहित दोश्रो स्थानमा छ। अंकतालिकाको पुछार अर्थात् छैठौं स्थानमा रहेको फारवेस्टको ६ खेलमा १ जित र ५ हार सहित मात्र २ अंक छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]