Nepal T20 : जनकपुरको पाँचौ जितमा जोरा उत्कृस्ट

फारवेस्ट युनाइटेडलाई ८२ रनले सहजै पराजित गर्दै जनकपुर रोयल्सले नेपाल टि-ट्वान्टी लिगमा पाँचौ जित दर्ता गरेको छ।

टियु मैदान कीर्तिपुरमा जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फारवेस्टले १५.१ ओभरमा ७९ रनमा सबै विकेट गुमायो। स्कोरकार्ड

फारवेस्टका कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन, राशिद खानले अविजित १७ तथा भिम शार्कीले १६ रन बनाए।

जनकपुरका समिउल्लाह शिनवारिले सर्वाधिक ३ विकेट ( ३-०-१६-३ ) लिए। सोमपाल कामि र पवन सर्राफले २/२ तथा शरफुद्दीन अशरफ, जितेन्द्र मुखिया र ललित राजवंशीले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ७ विकेट क्षेतीमा १६१ रन बनायो।

जनकपुरका सन्दिप जोराले प्रतियोगिताको दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५५ रन बनाए जुन क्रममा मात्र ३२ बलमा १ चौका र ५ छक्का प्रहार गरे। कप्तान ट्रेभोन ग्रिफिथले ३२, चाडविक वाल्टनले २४, शरफुद्दीन अश्रफले २० तथा राजेश पुलामीले १६ रन बनाए।

अश्रफ र  ग्रिफिथले ५२ रनको ओपनिंग साझेदारी गरेका थिए भने जोराले छैठौं विकेटको लागि राजेश पुलामीसंग ६१ रनको साझेदारी गरे।

फारवेस्टका बलर प्रकाश जैसीले ३, भुवन कार्कीले २ तथा नुर एहमदले १ विकेट लिए।

जितपछि ७ खेलमा ५ जित र २ हार बेहोरेको जनकपुर १० अंक सहित दोश्रो स्थानमा छ। अंकतालिकाको पुछार अर्थात् छैठौं स्थानमा रहेको फारवेस्टको ६ खेलमा १ जित र ५ हार सहित मात्र २ अंक छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy