सबनमलाई ज्याप नेपालद्वारा खेल सामग्री प्रायोजन

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य शबनम राईलाई खेल सामग्री उत्पादक कम्पनि ज्याप नेपालले खेल सामग्री प्रायोजन गरेको छ।

ज्याप नेपालले शबनमलाई नेपाली महिला राष्ट्रिय टिमको कतार र युएई भ्रमणको लागि आवस्यक सम्पूर्ण खेल सामग्री प्रदान गरेको हो। महिला राष्ट्रिय टिमले कतारसंग कतारमा नोभेम्बर १६ देखि १८ सम्म तिनवटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज तथा लगत्तै नोभेम्बर २२ तारिख देखि युएईमा टि-ट्वान्टी विश्वकप एसिया छनोट खेल्नेछ।

कतार प्रस्थान गर्नु अघि शबनमलाई ज्याप नेपालका नेपाल प्रमुख राज अधिकारीले खेल सामग्री हस्तान्तरण गरेका हुन्।

प्रायोजन पछि क्रिकेटर राईले खुसि व्यक्त गर्दै ज्याप नेपालको क्रिकेट सामग्री स्तरीय रहेको र यस्तै प्रायोजन सम्झौता लम्बिने विश्वास समेत व्यक्त गरिन्।

सन् २०१६ मा महिला राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेकी शबनमले सन् २०१७ मा थाईल्याण्डमा आयोजित महिला टि-२० विश्वकप एसिया छनोट प्रतियोगितामा चिन बिरुद्ध ह्याट्रिक विकेट लिएकी थिईन्।

ज्याप नेपाल प्रमुख अधिकारीले प्रायोजनले क्रिकेटर राईलाई हौसला प्रदान गर्ने तथा छिट्टै अन्य महिला र पुरुष क्रिकेटरहरुलाई पनि आकर्षक सम्झौता गर्ने योजना रहेको बताए –

“ज्याप भारतको प्रतिष्ठित खेल सामग्री उत्पादन गर्ने कम्पनि हो जसले स्तरीय खेल सामग्री उपलब्ध गराउने गर्दछ जसलाई नेपालमा पनि विस्तार गरेका हौँ। हामि आगामी दिनमा राष्ट्रिय क्रिकेट टिमका अन्य महिला तथा पुरुष क्रिकेटरहरुलाई पनि हौसला स्वरूप प्रायोजन गर्ने योजनामा छौँ। शबनम राई लगातार राष्ट्रिय क्रिकेट टिमको लागि योगदान दिंदै आएकी छिन् र यो प्रायोजनले उनलाई अझ राम्रो प्रदर्शन गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्छौं।” अधिकारीले बताए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]