सबनमलाई ज्याप नेपालद्वारा खेल सामग्री प्रायोजन

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य शबनम राईलाई खेल सामग्री उत्पादक कम्पनि ज्याप नेपालले खेल सामग्री प्रायोजन गरेको छ।

ज्याप नेपालले शबनमलाई नेपाली महिला राष्ट्रिय टिमको कतार र युएई भ्रमणको लागि आवस्यक सम्पूर्ण खेल सामग्री प्रदान गरेको हो। महिला राष्ट्रिय टिमले कतारसंग कतारमा नोभेम्बर १६ देखि १८ सम्म तिनवटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज तथा लगत्तै नोभेम्बर २२ तारिख देखि युएईमा टि-ट्वान्टी विश्वकप एसिया छनोट खेल्नेछ।

कतार प्रस्थान गर्नु अघि शबनमलाई ज्याप नेपालका नेपाल प्रमुख राज अधिकारीले खेल सामग्री हस्तान्तरण गरेका हुन्।

प्रायोजन पछि क्रिकेटर राईले खुसि व्यक्त गर्दै ज्याप नेपालको क्रिकेट सामग्री स्तरीय रहेको र यस्तै प्रायोजन सम्झौता लम्बिने विश्वास समेत व्यक्त गरिन्।

सन् २०१६ मा महिला राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेकी शबनमले सन् २०१७ मा थाईल्याण्डमा आयोजित महिला टि-२० विश्वकप एसिया छनोट प्रतियोगितामा चिन बिरुद्ध ह्याट्रिक विकेट लिएकी थिईन्।

ज्याप नेपाल प्रमुख अधिकारीले प्रायोजनले क्रिकेटर राईलाई हौसला प्रदान गर्ने तथा छिट्टै अन्य महिला र पुरुष क्रिकेटरहरुलाई पनि आकर्षक सम्झौता गर्ने योजना रहेको बताए –

“ज्याप भारतको प्रतिष्ठित खेल सामग्री उत्पादन गर्ने कम्पनि हो जसले स्तरीय खेल सामग्री उपलब्ध गराउने गर्दछ जसलाई नेपालमा पनि विस्तार गरेका हौँ। हामि आगामी दिनमा राष्ट्रिय क्रिकेट टिमका अन्य महिला तथा पुरुष क्रिकेटरहरुलाई पनि हौसला स्वरूप प्रायोजन गर्ने योजनामा छौँ। शबनम राई लगातार राष्ट्रिय क्रिकेट टिमको लागि योगदान दिंदै आएकी छिन् र यो प्रायोजनले उनलाई अझ राम्रो प्रदर्शन गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्छौं।” अधिकारीले बताए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy