ज्योति र नेरी चम्किंदा एपीएफ फाइनलमा

ज्योति पाण्डे र नेरी थापा चम्किंदा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) पोखरामा जारि नवौं राष्ट्रिय महिला क्रिकेटको फाइनल पुगेको छ। दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश प्रतिस्पर्धा गर्दैछन्।

पोखरा रंगशालामा सम्पन्न पहिलो सेमीफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १२९ रन बनाएको थियो। ओपनर ज्योति पाण्डेले प्रतियोगिताकै सर्वाधिक स्कोर बनाउने क्रममा अविजित रहँदै ६१ बलमा ७ चौका प्रहार गर्दै ६९ रन बनाईन्। ममता चौधरीले १६, रोम थापाले अविजित १२ तथा सिता राना मगरले ११ रन बनाईन्। लुम्बिनी बलर कृतिका मरासिनीले २ विकेट हात पारिन्।

APF Women’s Cricket Team

लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १८.२ ओभरमा ६२ रनमा समेटियो। उसको लागि सुष्मिता बजगाईले सर्वाधिक १२ रन बनाईन् भने अतिरिक्त मार्फत पाएको २० रन सर्वाधिक योगदान रह्यो।

एपीएफ बलर नेरी थापाले आफ्नो पूर्व टिम बिरुद्ध ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा मात्र ७ रन खर्चिन्। रेखा रावल, सुमन बिस्ट, इन्दु बर्मा र सिता राना मगरले १/१ विकेट हात पारिन्।

ज्योति पाण्डे प्लेयर अफ द म्याच घोषित भईन्।

एपीएफले स्वर्ण पदकको लागि नेपाल पुलिस क्लब र बागमती प्रदेश बीचको दोश्रो सेमीफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ। पराजित टिमसंग लुम्बिनी प्रदेशले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]