ज्योति र नेरी चम्किंदा एपीएफ फाइनलमा

२०७९ आश्विन ३१, सोमबार १५:०९

ज्योति पाण्डे र नेरी थापा चम्किंदा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) पोखरामा जारि नवौं राष्ट्रिय महिला क्रिकेटको फाइनल पुगेको छ। दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश प्रतिस्पर्धा गर्दैछन्।

पोखरा रंगशालामा सम्पन्न पहिलो सेमीफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १२९ रन बनाएको थियो। ओपनर ज्योति पाण्डेले प्रतियोगिताकै सर्वाधिक स्कोर बनाउने क्रममा अविजित रहँदै ६१ बलमा ७ चौका प्रहार गर्दै ६९ रन बनाईन्। ममता चौधरीले १६, रोम थापाले अविजित १२ तथा सिता राना मगरले ११ रन बनाईन्। लुम्बिनी बलर कृतिका मरासिनीले २ विकेट हात पारिन्।

APF Women’s Cricket Team

लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १८.२ ओभरमा ६२ रनमा समेटियो। उसको लागि सुष्मिता बजगाईले सर्वाधिक १२ रन बनाईन् भने अतिरिक्त मार्फत पाएको २० रन सर्वाधिक योगदान रह्यो।

एपीएफ बलर नेरी थापाले आफ्नो पूर्व टिम बिरुद्ध ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा मात्र ७ रन खर्चिन्। रेखा रावल, सुमन बिस्ट, इन्दु बर्मा र सिता राना मगरले १/१ विकेट हात पारिन्।

ज्योति पाण्डे प्लेयर अफ द म्याच घोषित भईन्।

एपीएफले स्वर्ण पदकको लागि नेपाल पुलिस क्लब र बागमती प्रदेश बीचको दोश्रो सेमीफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ। पराजित टिमसंग लुम्बिनी प्रदेशले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy