ज्योति पाण्डेको आक्रामक अर्धशतक, ललितपुरलाई हराउंदै बिराटनगरको विजयी सुरुवात

बुधबारबाट सुरु भएको वुमन्स च्याम्पियन्स लिग अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा बिराटनगर टाइटन्सले ललितपुर फ़ाल्कन्सलाई ४ विकेटले पराजित गर्यो ।

जितका लागि १२३ रनको लक्ष्य पछ्याएको बिराटनगरलाई जित दिलाउन ओपनर ज्योति पाण्डेले ६५ रनको महत्त्वपूर्ण पारि खेलिन् । यो प्रतियोगिताको दोश्रो अर्धशतक हो । यसअघि आजै सम्पन्न पहिलो खेलमा काठमान्डौकी रुबिना क्षेत्रीले अविजित ८३ रन बनाएकी थिइन् ।

१० चौका र १ छक्काको प्रहार गर्न ४३ बलको सामना गरेकी ज्योतिले पहिलो विकेटको लागि सोनु खड्कासंग ८३ रनको साझेदारी गरेकी थिइन् । ज्योतिले २५ बलमा अर्धशतक पुरा गरेकी थिइन् । सोनु २४ रनमा आउट भईन ।

बिराटनगरले १२ ओभरमा मात्र २ विकेट गुमाएर १०२ रन बनाएको थियो । तर १३ औँ ओभरमा सम्झना खड्काले ३ रन खर्चिदै सरिता मगर र ज्योति पाण्डेलाई आउट गरेपछि बिराटनगर डगमगाएको थियो । लगत्तैको ओभरमा करुणा भण्डारीले पनि मात्र २ रन खर्चिन ।

त्यसपछि १५.१ ओभरसम्म थप २ विकेट गुम्यो । तर १५.४ ओभर र १५.५ ओभरमा अस्मिना कर्माचार्यले लगातार २ चौका प्रहार गर्दै जित दिलाईन ।

प्लेयर अफ द म्याच ज्योति पाण्डे

 

यसअघि किर्तिपुर मैदानमा ब्याटिंग गरेको ललितपुर फ़ाल्कन्सले ७ विकेट गुमाएर १२२ रन बनाएको थियो । अतिरिक्तको रुपमा २३ रन पाएको उसको लागि ममता चौधरीले सर्बाधिक २८ र करुणा भण्डारीले २१ रन बनाए ।

शुक्रबार हुने खेलमा बिराटनगर टाइटन्सले पोखरा पल्टनसंग र ललितपुर फ़ाल्कन्सले चितवन राइनोजसंग प्रतिस्पर्धा गर्नेछन् ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]