काठमाडौँ मेयर कपमा सन्दिपले मेयर-११ टिमको कप्तानी गर्ने, कहिले छ खेल

फाल्गुन २२ गते देखी काठमाण्डौमा सुरु हुने पहिलो संस्करणको काठमाण्डौ मेयर कप एकदिवसीय राष्ट्रीय प्रतियोगितामा स्टार लेग स्पिनरसन्दीप लामिछानेले काठमाण्डौ मेयर-एघार टिमको कप्तानी गर्ने भएका छन् ।

खेलाडीहरुमा कोरोना देखिंदा पाकिस्तान सुपर लिग स्थगित भए पछि सन्दीप शुक्रवार बेलुका काठमाण्डौ आईपुग्ने छन्।

सन्दिप पाकिस्तान जानु अघि काठमाडौँ मेयर-११ टिमबाट खेल्ने निश्चित भैसकेको थियो तर पीएसएल टिम लाहोर कलन्दर्सले अफगानी लेग स्पिनर राशिद खानको प्रतिस्थापनमा सन्दिपलाई मौका दिएपछि उनि पाकिस्तान प्रस्थान गरेका थिए। सन्दिप फर्किने भएपछि क्यानले सन्दिपलाई खेल्न आग्रह गरेको थियो जसलाई सन्दिपले स्वीकार गरेका हुन्।

सन्दिप नेपाल आएपछि उनको कोरोना परिक्षण हुनेछ जसको रिपोर्ट नेगेटिभ आएको खण्डमा उनि प्रतियोगितामा सहभागी हुन पाउने क्यानले बताएको छ।

सन्दीपले यस अघि पोखरा प्रिमियर लिगको पहिलो संस्करणमा २०१८ मा ‌बिराटनगर टाईटन्स टिमको कप्तानी गरेका थिए । उनले पछिल्लो पटक नेपाली घरेलू लीगमा पछिल्लो सीजनको एभरेस्ट प्रिमियर लिग २०१८ मा ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर प्याट्रीयट्सबाट खेलेका थिए।

शनिवार सुरु हुने काठमाडौँ मेयर कपमा काठमाडौँ मेयर-११ सहित बागमती प्रदेश तथा तिन विभागीय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्ध गर्नेछन्। प्रतियोगितामा काठमाडौँ मेयर-११ ले पहिलो खेल फाल्गुन २३ गते मुलपानी मैदानमा बागमती प्रदेशसंग खेल्नेछ। यस्तै फाल्गुन २४ गते टियु मैदानमा त्रिभुवन आर्मी क्लबसंग, फाल्गुन २६ गते टियु मैदानमा नेपाल पुलिस क्लबसंग तथा फाल्गुन २७ गते नेपाल एपिफ क्लबसंग मुलपानी मैदानमा खेल्नेछ।

काठमाडौँ मेयर-११ टिममा प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका बिभिन्न प्रदेशका खेलाडीहरु रहेका छन्।

काठमाडौँ मेयर-११ टिम : सन्दिप लामिछाने ( कप्तान ) , सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दिप रजाली, खड्ग बहादुर बोहरा, हरिशंकर शाह , विवेक यादव, कृष्ण कार्की, रविन्द्र जंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी, अनुज चुनारा

प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलिनेछ। सहभागी ५ वटा टिमले एक अर्कासंग १-१ खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने २ तिन फाइनल प्रवेश गर्नेछ। प्रतियोगिताको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

https://wicketnepal.com/2-sonu-lai-mauka-didai-bagmati-team-wn21/

https://wicketnepal.com/psl-sthagit-sandip-farkane-wn21/

https://wicketnepal.com/kmayor-cup-can-dish-media-wn21/





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]