बिन्दु रावल र कबिता कुँवरको शतकीय साझेदारीमा पोखराको सान्त्वना जित

वुमन्स चाम्पियन्स लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा पल्टनले ललितपुर फ़ाल्कोन्सलाई ६ विकेटले पराजित गरेको छ ।

प्रतियोगिता अन्तर्गत यसअघि भएका ३ खेलमा नै पराजित भएको पोखराले अन्तिम खेलमा सान्त्वना जित निकालेको हो । यस्तै ललितपुर फ़ाल्कोन्सले भने सबै खेलमा पराजित हुँदै प्रतियोगिताको अन्त्य गरेको छ । अर्कोतर्फ चितवन राइनोज सम्पूर्ण खेल जित्दै फाइनलमा प्रवेश गरेको छ भने क्याट क्विन्स काठमान्डौ ३ जित र बिराटनगर टाइटन्स २ जित सहित इलिमिनेटरमा प्रवेश गरेका छन् ।

ममता चौधरी

 

पोखरालाई जित दिलाउन चौथो विकेटको लागि कबिता कुवंर र बिन्दु रावलले १०६ रनको साझेदारी गरे । कविताले अविजित ६१ रन (४२ बल, १० चौका) तथा बिन्दुले ४० रन (४४ बल, ४ चौका) बनाईन् । पोखराले १७।२ ओभरमा लक्ष्य पुरा गर्यो । यो प्रतियोगिताकै सबैभन्दा ठुलो र पहिलो शतकीय साझेदारी हो ।

यसअघि किर्तिपुर मैदानमा ललितपुरले दिएको १२३ रनको लक्ष्य लिएर उत्रेको पोखराले खराब सुरुवात गरेको थियो । उसले मात्र ५ रनमा सुरुवाती ३ विकेट गुमायो । सिता राना मगर र रेवती धामी १/१ रनमा आउट हुँदा रुबी पोदार डक आउट भईन् । ललितपुरका ममता चौधरी र नेरी थापाले समान २/ २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिंग गरेको ललितपुरले ७ विकेट गुमाएर १२२ रन बनाएको थियो । उसका ममता चौधरीले अविजित ५२ रन (५१ वल, ७ चौका) बनाईन । त्यस्तै खराब सुरुवात गरेको ललितपुरको लागि कविता जोशीले आक्रामक ३१ रन (२३ बल, ६ चौका) बनाउंदै ममतासंग ५१ रनको साझेदारी गरिन् । सम्झना खड्का १० रनमा अविजित रहिन् । पोखराकी सिता राना मगरले २ विकेट लिईन् ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]