जिम्बाब्वेको पाकिस्तान भ्रमण अन्तर्गत तेश्रो तथा अन्तिम टि-२० अन्तर्राष्ट्रिय रावलपिण्डीस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा जारि रहेको छ।
खेलमा टस जितेर ब्याटिंग रोजेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएर पाकिस्तानलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
जिम्बाब्वेको लागि कप्तान चामु चिभाभाले सर्वाधिक ३१ रन, डोनाल्ड त्रिपानोले २८, मिल्टन शुम्बा र वेलिंगटन मासाकाट्जाले समान ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। वेसले मधिभिरेले ९, ब्रेण्डन टेलरले ८, क्रेग इर्भिनले ४ तथा करियरको अन्तिम खेल खेलीरहेका एल्टन चिगुम्बुराले २ रन बनाए।
पाकिस्तानको बलिंगमा लेग स्पिनर उस्मान कादिरले पुनः शानदार बलिंग गर्ने क्रममा एक्लैले ४ विकेट लिए। करियरको तेश्रो टि-२० खेल्ने क्रममा उनले व्यक्तिगत उत्कृस्ट बलिंग स्पेल दर्ता गर्दै ४ ओभरमा मात्र १३ रन खर्चिए। पाकिस्तानका महान लेग स्पिनर मानिने अब्दुल कादिरका छोरा समेत रहेका कादिरले अघिल्लो खेलमा पनि ३ विकेट लिएका थिए।
इमाद वासिमले २ विकेट ( ४-०-२७-२ ) तथा हरिश रौफ ( ४-०-३८-१ ) र मोहम्मद हसनैनले ( ४-०-२२-१ ) ले समान १ विकेट लिए।
👀 How about this catch by Fakhar Zaman?! 🔥 pic.twitter.com/misplRoap0
— ICC (@ICC) November 10, 2020
सिरिज अन्तर्गत यस अघि खेलिएको दुईवटा टि-२० पाकिस्तानले क्रमशः ६ विकेट र ८ विकेटले जित्दै सिरिज २-० ले आफ्नो नाम गरिसकेको छ। यस अघि वानडे अन्तर्राष्ट्रिय सिरिजमा पाकिस्तान २-१ ले विजयी भएको थियो।
यो पनि पढ्नुस :
https://wicketnepal.com/pak-2nd-t20i-win-vs-zim-wn20/
https://wicketnepal.com/ipl-winners-all-list-wn20/
https://wicketnepal.com/20ipl-purple-cap-winners-list-wn20/
https://wicketnepal.com/ipl20-orange-cap-9-players/