कहिले आयोजना होला आईपीएल २०२१

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले आईपीएलको २०२१ मा आयोजना हुने १४ औं संस्करणको मिति घोषणा गरेको छैन। तर भारतले भर्खरै जारि गरेको इंग्ल्यान्डको भारत भ्रमणको खेल तालिकाबाट लिग सुरु हुने मितिको संकेत दिएको छ।

बिसीसीआईले बिहिबार इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत ४ वटा टेस्ट, ५ वटा टि-ट्वान्टी र ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियको तालिका सार्वजनिक गरेको छ। दुइ महिना लामो सिरिजको सुरुवात फेब्रुअरी ५ मा पहिलो टेस्टबाट सुरु हुनेछ। टेस्ट सिरिज मार्च ८ तारिखमा सकिनेछ।

टेस्ट सिरिज पछि मार्च १२ देखि २० सम्म टि-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुनेछ। त्यसपछि एकदिवसीय सिरिज २८ मार्चमा समाप्त हुनेछ।

२ महिना लामो सिरिज पछि खेलाडीहरुले आईपीएल २०२१ सुरु हुनु अघि केहि दिन विश्राम पाउनेछन्।भारत-इंग्ल्यान्ड सिरिजपछि करिब १० दिन विश्राम पछि खेलाडीहरु आईपीएलको लागि तयार हुनेछन्। त्यसपछि लिग अप्रिलको दोश्रो साता सुरु भए आश्चर्य हुनेछैन। अघिल्लो सिजनहरु हेर्ने हो भने लिगको आयोजना अप्रिलको दोश्रो साताको वरपर आयोजना हुँदै आएको छ।

बिसीसीआईले अप्रिल १० तारिखको वरपर लिग सुरु गर्ने अनुमान गरिएको छ। त्यसले खेलाडीहरुलाई तयार हुन र टिमसंग जोडिन समय हुनेछ। लिग अघि मेगा अक्सन आयोजना हुने बताईएको हुँदा खेलाडीहरु अघिल्लो सिजन भन्दा फरक टिमसंग पनि हुने सम्भावना रहेको छ।

भारतीय क्रिकेट बोर्डले आईपीएल २०२१ मा दुइवटा नयाँ टिम थप्ने योजना बनाइरहेको छ जसको अन्तिम निर्णय डिसेम्बर २४ तारिखसम्म लिईनेछ।

भारतीय मिडियाहरुका अनुसार आईपीएलको नवौं टिमको रुपमा अहमदावाद सहर जोडिने निश्चित जसो रहेको छ। भारतीय क्रिकेट बोर्डको वार्षिक साधारणसभाले त्यसको अन्तिम निर्णय लिनेछ। अहमदावाद बाहेक लखनउ/कानपुर , पुने जस्ता सहरको नाम पनि १ भन्दा बढी टिम थपिएको खण्डमा जोडिन सक्छ।





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]