इन्डो-नेपाल महिला क्रिकेट : काजल र अश्मिना चम्किँदा विसिसिए विजयी

विराटनगर / प्रथम रेडमण्ड इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) विजयी शुरुवात गरेको छ ।

विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १–० को अग्रता लिएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६६ रनको सामान्य स्कोर बनाएको थियो । भारतिय टोलीकालागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाईन । नेपालकी अन्तराष्ट्रिय खेलाडि अस्मीता कर्मचार्यले ४ ओभरमा १ मेठन राख्दै ३ विकेट लिइन् । उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री, टिका साह, सवनम राई र कविता गौतमले १/१ विकेट लिइन।

जवाफमा ६७ रनको झिनो लक्ष्य पछ्याएको विसिसिएले १० ओभरमा १ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । विसिसिएका लागि नेपालकी विकेट किपर काजल श्रेष्ठले ३७ रनमा अविजित हुँदा अर्की अन्तराष्ट्रिय खेलाडि अपसरी वेगम ४ रनमा अविजित भइन् । त्यस्तै अन्तराष्ट्रिय खेलाडि सम्झना खडकाले २१ रन बनाएर आउट भइन् । भारतकी मिनाक्षी कबदालले १ विकेट लिइन् ।

चैत ७ गतेसम्म हुने प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । प्रतियोगिता ५० ओभरको १ खेल र ३ वटा टि–२० प्रतियोगिता हुने छ ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिकोतर्फबाट नेपाली टोलीकी कप्तान रुबीना क्षेत्रीले कप्तानी गरेकी छिन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, अस्मिना कर्मचार्य, कविता गौतम, सानु राजवंशीलेलगायतका अन्तराष्ट्रिय महिला खेलाडीहरुले खेल्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमागन गरिएको छ । प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]