कलैया टि-२० : मकवानपुर र बिरगंज फाइनलमा

बिरगंज र मकवानपुर बाराको कलैयामा जारि कलैया टि-२० मेयर कप २०७९ को फाइनल पुगेका छन्।

शुक्रबार सम्पन्न दुईवटा सेमीफाइनल खेल अन्तर्गत पहिलो खेलमा बिरगंजले भारतको मोतिहारी क्लबलाई तथा मकवानपुरले कलैया क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। उपाधिको लागि मकवानपुर र बिरगंज शनिवार प्रतिस्पर्धा गर्नेछन्।

सिद्धेश्वर खेल मैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा बिरगंजले भारतको मोतिहारी क्लबलाई १० रनले पराजित गर्यो। बिरगंजले दिएको १५० रनको लक्ष्य पछ्याएको मोतिहारीले पुरै २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १३९ रन बनाउन सक्यो।

महोतरीका अफान गानीले सर्वाधिक ४९ रन, एजाज अन्सारीले २६ तथा सोनु अन्सारीले २३ रन बनाए। बिरगंजको बलिंगमा साहिल हवारीले ३ विकेट लिए। अल्फाज मन्सुरीले २ तथा नसरुद्दीन अन्सारीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बिरगंजले २० ओभरमा ८ विकेट क्षेतीमा १४९ रन बनायो। उसको लागि सन्तोष कार्कीले सर्वाधिक ३६ रन बनाए। सफ्वान अलिले ३१ तथा नस्रुदीन अन्सारीले २२ रन बनाए। महोतरीका एजाज अन्सारीले ३ तथा आशुतोष कुमारले २ विकेट लिए।

आजै सम्पन्न दोश्रो सेमीफाइनलमा मकवानपुरले कलैया क्रिकेट क्लबलाई ३७ रनले पराजित गर्यो। मकवानपुरले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा कलैयाले १६० रनमा सबै विकेट गुमायो।

कलैयाको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका पवन सर्राफले सर्वाधिक ४६ रन बनाए भने अरनिको यादवले १६ तथा तृत राज दासले १४ रन बनाए। मकवानपुरका बलर रिजन ढकाल र आशिष पोख्रेलले ३/३ तथा बिशाल फुयालले २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको मकवानपुरले २० ओभरमा ८ विकेट क्षेतीमा १९७ रन बनायो।

मकवानपुरको लागि शुभ कंसाकारले शतकीय इनिंग्स खेल्ने क्रममा मात्र ५७ बलमा १२३ रन बनाए। सुमन सुनारले १७ तथा गौरब खड्काले १४ रन बनाए। कलैयाको बलिंगमा पवन सर्राफले सर्वाधिक ३ विकेट लिए भने बसिर एहमद र अनिल साहले १/१ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy