कमलले ५ विकेट लिंदा गण्डकीद्वारा प्रदेश-२ पराजित

कमल परियारले घातक बलिंग गर्दै ५ विकेट लिंदा एकदिवसीय अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा सम्पन्न खेलमा गण्डकी प्रदेशले प्रदेश-२ लाई ५५ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

प्रतियोगितामा प्रदेश-२ यसअघि ३ खेल खेल्दा २ जित र १ हार पछि ४ अंक सहित अंकतालिकाको तेश्रो स्थानमा छ। प्रदेश-२ ले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई २ विकेटले पराजित गरेको थियो। दोश्रो खेलमा प्रदेश-२ संग ७ विकेटले पराजित भएपछि तेश्रो खेलमा बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो। गण्डकी प्रदेशले भने ३ खेलमा २ जित र १ हार बेहोरेको छ। पहिलो खेलमा लुम्बिनी प्रदेशसंग ९ विकेटले तथा दोश्रो खेलमा बागमती प्रदेशसंग ७५ रनले पराजित भएपछि तेश्रो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गरेको थियो।

१५७ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-२ ले २२.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १०१ रन बनाउँन सक्यो । प्रदेश-२ को ब्याटिंगमा त्रित राज दाशले ४१ बलमा समान २ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ३१ रन बनाए । यस्तै, रोहन बिक र आदील अन्सारीले १९ रन बनाउँनु बाहेक अन्य ब्याट्सम्यानको उल्लेखनीय योगदान रहन सकेन ।

पहिलो ओभरमै सन्तोष कार्की आउट भएपछि रोहन बिक र त्रित राज दाशले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे । बिक आउट भएपछि प्रदेश-२ को ब्याटिंग क्रम धराशायी बन्न पुग्यो । जसपछि उसले ७३ रनको योगफलमै ७ विकेट गुमायो । एक किनारबाट निरन्तर विकेट गएता पनि अर्को किनार सम्हालेका दाशलाई सुवाष भण्डारीले आउट पार्दै गण्डकीको जित सुनिश्चित गराए ।

गण्डकीको बलिंगतर्फ कमल परियारले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ५.५ ओभर बलिंग गर्दै २० रन खर्चिए । यस्तै, सुवाष भण्डारीले ३ ( ९-३-३०-३ ) तथा किरण पौडेलले २ विकेट हात पारे ।

यसअघि मुलपानी मैदानमा टस हारेर ब्याटिंग गरेको गण्डकी प्रदेशले ४३.४ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाउँदै प्रदेश-२ लाई जितको लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । गण्डकीको ब्याटिंगमा ओपनर अर्जुन कुमालले सर्वाधिक ४७ रन बनाए जुन क्रममा ८८ बलमा ७ चौका प्रहार गरे। संदेश सुनारले २६, सचिनराज अधिकारी र कमल परियारले समान १४ तथा प्रशान्त सिंहले १० रन बनाए। अतिरिक्तको रुपमा प्रदेश-२ ले २७ रन खर्चियो।

गण्डकीले ३६ रनमा पहिलो ४ विकेट गुमाएपछि पाँचौ विकेटको लागि अर्जुनले सचिनराजसंग ३९ रनको तथा छैठौं विकेटको लागि संदेशसंग ५० रनको साझेदारी गरेका थिए।

प्रदेश-२ को बलिंगमा कप्तान दायाँ हाते पेसर बिबेक यादवले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ९ ओभरमा २ मेडन ओभर गर्दै २० रन खर्चिए। यस्तै अर्का पेसर गुल्सन झाले ३ विकेट ( ७.४-०-३१-३ ) लिए। अजय यादव र प्रदिप पासवानले समान एक विकेट लिए।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]