खुकुरी कप: कमलको अलराउण्ड प्रदर्शनमा ग्रेट हिमालयको जित

  • विकेटनेपाल, ११ माघ- बिहिबार 

बुधबार देखि सुरु भएको खुकुरी च्यालेन्जर्स कप प्रतियोगिताको दोश्रो दिन सम्पन्न २ वटा खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी र आईओई थापाथली बिजयी भएका छन्।

पहिलो खेल : कमल ऐरीको अलराउण्ड प्रदर्शन हिमालयको जित 

म्यान अफ द म्याच कमल ऐरीले बलिंग र ब्याटिंग दुवैमा उत्कृस्ट प्रदर्शन गर्दा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले ओएसीस क्रिकेट एकेडेमीलाई ५७ रनले सहजै पराजित गर्यो।

मुलपानी मैदानमा सम्पन्न खेलमा यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहेका कमलले ब्याटिंगतर्फ अविजित ६१ रन बनाउन मात्र ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

कमल सिंह ऐरी

टस हारेर मुलपानी क्रिकेट मैदानमा ब्याटिंग गरेको ग्रेट हिमालयले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १३७ रन बनायो। कमल ऐरीले छैठौं विकेटको लागि कप्तान रुपेश श्रीवास्तवसंग ५३ रनको साझेदारी गर्दै ८४/५ को अवस्थाबाट टिमलाई उकासेका थिए। श्रीवास्तवले अविजित १८ रन बनाए भने त्यसअघि इशान पाण्डेले ३३ तथा अरुण ऐरीले १२ रन योगदान दिए।

ओएसीस बलर नितेश थापाले २ विकेट हात पारे।

जवाफमा १३८ रन लक्ष पछ्याउने क्रममा ओएसीसले १७ ओभर ब्याटिंग गरेपनि ८ विकेट गुमाई ८० रन मात्रै बनाउन सक्यो। ओएसीसलाई रोक्न ग्रेट हिमालय बलर कमल सिंह ऐरीले ३ विकेट ( ३-०-१४-३ ) तथा सागर ढकालले २ विकेट ( ३-०-८-२ ) हात पारे। ओएसीस ब्याट्सम्यान आल्श भट्टराईले सर्बाधिक २२ रनको योगदान दिए।

दोश्रो खेल : अमित र सागरको उत्कृस्ट साझेदारीले आईओई थापाथलीको जित 

टस जितेर पहीले ब्याटिंग गर्दै नेपाल क्रिकेट स्कुलले २० ओभरमा १२२/५ को स्कोर बनाएको थियो। ओपनर रभी शाहले सर्बाधिक ४६ तथा राहुल पोखरेलले २९ रन योगदान दिए। सागर थापाले थापाथलीको लागि २ विकेट लिए।

लक्ष पछ्याउने क्रममा आईओई थापाथलीले १९.३ ओभरमा ६ विकेट गुमाई लक्ष पुरा गर्यो।

सागर क्षेत्री म्यान अफ द म्याच अवार्ड ग्रहण गर्दै

५६ रनको स्कोरमै ६ विकेट गुमाईसकेको अवस्थामा अमित कुशवाहा र सागर थापा क्षेत्रीले सातौँ विकेटको लागि अविजित ६७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाएका थिए। अमितले ३९ ( २८ बल, ५ चौका , १ छक्का ) र म्यान अफ द म्याच चुनिएका सागरले ३४ रन ( ३८ बल, ४ चौका , १ छक्का ) बनाए।

नेपाल क्रिकेट स्कुल बलर सुमन गजराज एक्लैले ४ विकेट ( ३.३-०-१३-४ ) हात पारेपनि जितको लागि पर्याप्त भएन।

शुक्रबार हुने खेलहरु :- 

पहिलो खेल – शान्तिनगर युवा क्लब Vs मलपोखरी क्रिकेट क्लब
दोश्रो खेल – अल्टिमेट इन्डोर क्रिकेट Vs आरसीए प्युठान च्यालेन्जर्स

खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउने छ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

कुल २० टिम सहभागी रहेको प्रतियोगिता २४ दिनसम्म चल्नेछ।  २० टिमलाई ४ वटा समुहमा बिभाजन गरेर लिग-कम नक-आउट फर्म्याटमा खेलाइनेछ। प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ भने क्वार्टरफाइनल खेलहरु मुलपानी मैदानमा खेलिनेछ।

सहभागी टिम र समुह 

समूह ‘ए’ : काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर , अल्टिमेट इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब, मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ : आई.ओ.ई. पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, त्रिमुर्ति व्वाइज

समूह ‘सी’ : ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी, आई.ओ.ई थापाथली, नेपाल क्रिकेट स्कुल, त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ :  टिकापुर क्रिकेट, रौतहट-११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट ब्वाइज, इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]