कमलको शल्यक्रिया सफल

Kamal Singh Airee

त्रिदेशीय टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा घाइते हुनुभएका फास्ट बलर कमलसिंह ऐरीको आइतबार शल्यक्रिय गरिएको छ । ऐरीको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा शल्यक्रिया गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा शनिबार १८औँ ओभरमा मलेसियाका एनुल हाफिजको प्रहार डाइभ गर्दै रोक्ने क्रममा कमल घाइते हुनुभएको थियो । उहाँको घाँटीमुनि बायाँ भागको ‘ब्यूटी बोन’ भाँचिएकोले शल्यक्रिया गर्नु परेको क्यानले जनाएको छ । कमल निको भएर मैदान फर्कन ६ हप्ताभन्दा बढी समय लाग्ने पनि बताइएको छ ।

नेपालले शनिबार सोमपाल कामीलाई विश्राम दिँदै कमललाई मौका दिएको थियो । घाइते हुनुअघि कमलले मलेसियाविरुद्ध दुई विकट लिनुभएको थियो । सिरिजमा अपराजित नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गरेको थियो ।

( साभार – गोरखापत्र )





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]