पेवेल कर्पोरेट लिग : कामना सेवा विकास बैंकलाई उपाधि

पहिलो संस्करणको पेवेल इन्डोर कर्पोरेट लिग २०२२ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ।

ललितपुर स्थित हात्तिबनमा शनिवार सम्पन्न फाइनलमा कामनाले माछापुच्छ्रे बैंकलाई १६ रनले पराजित गर्यो जुन क्रममा कामनाले दिएको १०५ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले निर्धारित १० ओभरमा १ विकेट क्षेतीमा ८८ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा निशेष केसीले अविजित ५५ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन। यस अघि टस जितेर ब्याटिंग गरेको कामनाले १० ओभरमा १ विकेट क्षेतीमा १०४ रन बनाएको थियो। उसको लागि प्लेयर अफ द म्याच समेत घोषित रिमेश रेग्मीले सर्वाधिक ४० तथा हेमन्त श्रीवास्तवले २८ रन योगदान दिए।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव घोषित भए भने उत्कृस्ट ब्याटर निशेष केसी तथा उत्कृस्ट बलर निरज कार्की घोषित भए।

शनिवारनै सम्पन्न सेमीफाइनलमा कामनाले सुबिसुलाई तथा माछापुच्छ्रेले नेपाल एसबिआई बैंकलाई पराजित गरेको थियो।

हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy