रोमान्चक खेलमा इंग्ल्याण्ड बिजयी, विलियमसनको अविजित शतक

  • विकेटनेपाल-१९ फाल्गुन, शनिवार

न्युजील्याण्ड र इंग्ल्याण्ड बीच जारि ५ एक दिवसीय क्रिकेट शृंखलाको तेस्रो खेलमा इन्ग्यांडले ४ रनको रोमान्चक जित हात पारेको छ। न्युजील्याण्डका लागि केन विलायम्सनले शतक बनाएपनि जित दिलाउन विफल रहे।

जितसंगै इंग्ल्याण्डले शृंखलामा २-१ को अग्रता लिएको छ। दुई टोलि बिचको चौथो खेल आगामी मंगलवार हुनेछ।

न्युजिल्याण्डले टस जित्दै पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३४ रन जोडेको थियो। उसको इनिंगमा कप्तान ओएन मोर्गनले सर्वाधिक ४८ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ७१ बलको सामना गरेका मोर्गनले ३ चौका र १ छक्का प्रहार गरेका थिए।

Eoin Morgan

यस्तै बेन स्टोक्सले ३९, जस् बट्लरले २९ र मोइन अलिले २३ रनको व्यक्तिगत योगदान गरेका थिए। न्युजील्याण्डका बलरले लगातार रुपमा विकेट निकाल्दा इंग्ल्याण्डका ब्याट्सम्यानहरुले साझेदारी बनाउन सकेका थिएनन्।

न्युजील्याण्डको बलिंगमा लेग स्पिनर इश् सोढ़ीले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै ट्रेन्ट बोल्टले २ र टिम साउदी तथा कोलिन डी ग्रयाण्डहोम् ले समान १-१ विकेट लिएका थिए।

Trent Boult

जवाफमा २३५ रनको सामान्य लक्ष्यको पिछा गर्न मैदान उत्रिएको घरेलु टोलिले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३० रन मात्र जोड्न सक्यो। उसको इनिंगमा कप्तान केन विलियम्सनले शतक बनाएपनि किवी टोलिलाई जित दिलाउन सकेनन्।

अन्तिम ओभरमा जितको लागि १५ रन आवस्यक रहेको बेला क्रिस वोक्सको ओभरको तेश्रो बलमा छक्का प्रहार गरेपछि अन्तिम ३ बलमा जितको लागि ७ रन आवस्यक रहेको थियो। चौथो बलमा २ रन लिएपछि जितको लागि २ बलमा मात्र ५ रन आवस्यक रहेको बेला अन्तिम २ बलमा विलियमसनले कुनै रन बनाउन नसक्दा न्युजिल्याण्डले ४ रनको हार बेहोर्न बाध्य भयो।

११२ रनको इनिंग खेल्ने क्रममा विलियम्सनले १४३ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे। यस्तै कोलिन मुन्रोले ४९ र मिचल स्यांटनरले ४१ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न विफल रहे।

Kane Williamson

इंग्ल्याण्डको बलिंगमा म्यान अफ दि म्याच मोइन अलिले सर्वाधिक ३ विकेट चट्काए। यस्तै क्रिस वोक्स र आदील रशिदले समान २-२ विकेट लिए।

फोटोहरु : ICC





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]