विलियमसनले बताए ११ ओभरमै राशिदको स्पेल सक्नुको कारण

२०७८ बैशाख २०, सोमबार ०९:११

आइतबार कप्तानी परिवर्तन गर्ने सनराइजर्स हैदरावादको निर्णयले टिमको भाग्य परिवर्तन गर्न सकेन। वार्नरको स्थानमा केन विलियमसन कप्तानीको हैदरावाद राजस्थान रोयल्ससंग ५५ रनले सहजै पराजित हुन् पुग्यो।

राजस्थान रोयल्स ओपनर जोस बटलरले ६४ बलमा १२४ रन बनाएपछि उसले २० ओभरमा २२०/३ को विशाल योगफल खडा गर्यो। उनलाई कप्तान संजु स्यामसनले ४८ रन बनाएर साथ दिए जोसंग दोश्रो विकेटको लागि बटलरले १५० रनको साझेदारी गरे।

जब राजस्थान ब्याटिंग गर्न उत्रियो तब हैदरावादको रणनीतिले धेरैलाई आश्चर्यमा पार्यो। आईपीएल २०२१ मा पहिलो पटक कप्तान विलियमसनले आफ्नो स्ट्राइक बलर राशिद खानलाई पावरप्लेमा बलिंग गर्न ल्याए। राशिदले यसस्वी जैसवाललाई एलबिडब्लु आउट गरे भने उनले ११ औं ओभरमा आफ्नो ४ ओभरको कोटा सके।

खेलपछि कुराकानी गर्ने क्रममा विलियमसनले त्यसको पछाडीको रणनीति बताए –

“जोस र संजु उनीहरुको टिमको मुख्य खेलाडी हुन्, त्यसैले हामि राशिदलाई उनीहरु बिरुद्ध अधिकतम बल गराउन चाहन्थ्यौ। केहि अवसर सिर्जना भएको भए म्याच परिवर्तन हुन सक्थ्यो।”

विलीयमसनले बिपक्षी टिमका मुख्य ब्याट्सम्यानलाई छिटो आउट गर्न सुरुवातमै आफ्नो उत्कृस्ट बलर लगाएको बताए। तर उक्त रणनीतिले काम गरेन, बटलर र स्यामसनले चाडै विकेट दिएनन्। बटलरले त आईपीएल र टि-२० करियरकै पहिलो शतक समेत बनाए। राशिदको ओभर सकिएको हुँदा बटलर र स्यामसनलाई पछि अझ सहज भयो।

“हाम्रो लागि मुस्किल दिन रह्यो, राजस्थानले हामीलाई निकै ठूलो लक्ष्य दियो। आज जोस ( बटलर ) को दिन थियो उनले निकै राम्रो ब्याटिंग गरे। हाम्रो लागि पछिल्लो ३ साता निकै चुनौतीपूर्ण रहेको छ तर पनि हामि सन्तुलन मिलाउन कोशिस गरिरहेका छौँ।”

“राजस्थानले निकै राम्रो बलिंग गर्यो, तर हामीले केहि कुरामा अझै काम गर्नुपर्छ। हाम्रो ग्रुपमा धेरै नेतृत्वकर्ताहरु छन्, जरुरि यो छ कि हामि ठिक ठिक ठाउँमा हुनुपर्छ।”

“जहाँसम्म वार्नरको कुरा छ उनि विश्वस्तरीय खेलाडी हुन्, मलाई थाहा छ उनको विषयमा धेरै कुरा चलीरहेको छ।” वार्नरलाई कप्तानीबाट तथा अन्तिम-११ बाट हटाउदै हैदरावादले अफगानी अलराउण्डर मोहम्मद नाबीलाई अन्तिम-११ मा मौका दिएको थियो।

२२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हैदरावादले १६५ रन मात्र बनाउन सक्यो। मनिष पाण्डेले सर्वाधिक ३१ रन तथा जोनी बेयरस्टोले ३० रन बनाउन सके भने टिमको मध्यक्रमका ब्याट्सम्यानहरुले ठूलो योगदान दिन सकेनन्। राजस्थानका बलर क्रिस मोरिस र मुस्तफिजुर रहमानले समान ३ विकेट लिए।

लिग अंकतालिकामा हैदरावाद ७ खेलमा १ जित र ६ हार पछि २ अंक सहित आठौँ स्थानमा रहेको छ जसको प्लेअफ सम्भावना कमजोर देखिएको छ। राजस्थान भने जित पछि ६ अंक सहित पाँचौ स्थानमा उक्लेको छ।

यो पनि पढ्नुस 

https://wicketnepal.com/rr-vs-srh-m28-report-wn21/

https://wicketnepal.com/pbks-vs-dc-29th-m-rep-wn21/

https://wicketnepal.com/panjab-jhatka-kl-rahul-aspatal-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy