सनराइजर्स हैदरावादले लिगमा लगातार दोश्रो हार बेहोर्ने क्रममा कोलकातासंग ७ विकेटको हार बेहोर्यो। टस जितेर ब्याटिंग रोजेपछि टिमले २० ओभरमा १४२ रन बनायो जुन योगफल कोलकाताले २ ओभर बाँकी रहँदै पछ्यायो।
कोलकाताले लक्ष्य पछ्याउदै गर्दा स्टार स्पोर्ट्सले केन विलियमसंग साइडलाइन अन्तर्वार्ता लिएको थियो जुन दौरान उनिसंग उनको इन्जुरी र खेल्न उपलब्धताबारे सोधिएको थियो। सो क्रममा किवी कप्तान विलियमसनले पक्का गरेका छन् कि उनि टिमले खेलाउन चाहेमा छनौटको लागि उपलब्ध छन्।
“मेरो शरीर ठिक छ। अगाडी थोरै समस्या थियो तर अहिले सबै ठिक छ।” विलियमसनले बताए। उनलाई सिधै अर्को खेलको लागि उपलब्ध भए नभएको सोधिएको थियो – “हो म उपलब्ध छु। मलाई लाग्छ, यो सधैं खेलाडीहरु बीचको सन्तुलन हो जुन तपाइले रोज्न चाहनुहुन्छ। तपाईलाई आवस्यक परेको स्थान तथा बिपक्षी र मैदान अनुसार आवस्यकताको कुरा हो।” विलियमसनले टिमको सन्तुलनका कारण टिममा स्थान नपाएकोतर्फ इशारा गरे।
हैदरावादले ओपनर जोनी बेयरस्टो र डेभिड वार्नर तथा राशिद खानलाई दुवै खेलमा खेलाएको थियो। मिचेल मार्श घाइते हुँदा अफगानिस्तान अलराउण्डर मोहम्मद नाबीलाई चौथो विदेशी खेलाडीको रुपमा खेलाएको थियो। ४ विदेशी खेलाडीको कोटा पुरा हुँदा २०१८ मा टिमलाई नेत्रित्व गरेका कप्तान तथा विश्व क्रिकेटका वर्तमान महान खेलाडी मध्येका विलियमसन मैदान बाहिर बस्नुपरेको हो।
बैंगलोर बिरुद्धको खेलमा टिमले १५३ रन मात्र बनाउन सकेको थियो जसमा बेयरस्टोले ४३ बलमा ६१ रन बनाएका थिए। कोलकातासग मनिष पाण्डेको अर्धशतक मद्दतले टस जितेर ब्याटिंग गरेको टिमले १४२ रन बनाएको थियो।
आईपीएलमा कुल ४१ खेल खेलेका दायाँ हाते ब्याट्सम्यानले ३८.२९ को औशत र १३५.०६ को स्ट्राइक रेटले १,३०२ रन बनाएका छन्। उत्कृस्ट रेकर्ड भएका विलियमसन मैदान बाहिर बस्नुपर्दा फ्यानहरु निराश छन् भने टिमलाई पनि उनको आवस्यकता महसुस भएको छ।
टिमको ब्याटिंग नचले पछि फ्यानहरुले सोसल मिडियामे विलियमसनलाई ल्याउनु पर्ने जसले समस्या समाधान हुने धारणा राखेका छन्। त्यसो गर्नको लागि टिमले मोहम्मद नाबीलाई बाहिर राख्नु पर्छ। अलराउण्डरलाई ब्याट्सम्यानले प्रतिस्थापन गर्नुपर्छ। अफगानी स्पिनर नाबीले शनिवार राम्रो प्रदर्शन गर्दै ४ ओभरमा मात्र २३ रन खर्चेका थिए। यो अवस्थामा विलियमसनले टिममा स्थान बनाउन सक्छन् या सक्दैनन् अझै प्रश्न चिन्ह खडा रहेको छ।
तर सोसल मिडियामा फ्यानहरुको भने स्पस्ट आवाज रहेको छ –
Sunrisers Hyderabad deserves a suspension for wasting Kane Williamson even after him being fit. #IPL2020
— Riya (@reaadubey) September 26, 2020
I can’t bear looking at Kane Williamson being a sub 😭 pic.twitter.com/swidEm5XvE
— shantanu krishnan (@shantanu7878) September 26, 2020
Only good thing to watch in today’s match is Kane Williamson interview between match. #SRHvsKKR pic.twitter.com/ylW66hWbMT
— PravaLLika.M💕 (@Itz_Pravz) September 26, 2020
@SunRisers Guys it makes no sense of ignoring a consistent batsman Kane Williamson out of the squad. That’s the only guy who makes the middle order strong for the team and even his leadership qualities are awesome. We want Kane in the team.😊
— Tarun Aggarwal (@TarunAg17092953) September 26, 2020
Rope in Kane Williamson. He’s indispensable right now. #SRH #OrangeArmy
— Bal Mukund (@balmukundtewary) September 26, 2020
Kane Williamson deserves better IPL team imo. Guy took that franchise singlehandedly to finals in Warner’s absence and once he’s back they are making him warm bench. Unreal.
— R A T N I $ H (@LoyalSachinFan) September 26, 2020
रिद्दिमानको सुस्त इनिंगलाई लक्षित गर्दै वार्नरले भने – ‘थोरै बढी आक्रामक हुनुपर्थ्यो’
४ खेलाडी जसले कोलकाताको पहिलो जितमा अहम योगदान दिए
चेन्नाईको संघर्षको पछाडी रैनाको अभाव, प्रशिक्षक फ्लेमिंगले स्वीकारे