टि-ट्वान्टी विश्वकपमा लगातार दोश्रो हार बेहोर्ने क्रममा भारत न्युजिल्यान्डसंग ८ विकेटले पराजित भयो। हार पछि भारतको सेमीफाइनल पुग्ने सम्भावना निकै कम छ। भारतको हार पछि प्रतिक्रिया दिने क्रममा पूर्व भारतीय कप्तान सचिन तेन्दुलकरले भारतको न्युजिल्यान्डसंग खराब प्रदर्शन पछाडीको कारण बताउदै न्युजिल्यान्ड कप्तान केन विलियमसनको तारिफ गरेका छन्।
तेन्दुलकरले न्युजिल्यान्डसंग भारतीय ब्याट्सम्यानहरु असफल हुनुको कारण बताए- “६ ओभर पछि १० ओभरसम्म हामीले मात्र १३ रन बनाउन सक्यौं साथै १ विकेट पनि गुमायौं। मेरो हिसाबले त्यो समयमा हामीले रन बढाउन चुक्न पुग्यौं। न्युजिल्यान्डले सहजै एक/दुई रन लिन दिएनन् त्यसले गर्दा हाम्रा ब्याट्सम्यानहरु ठूलो सट खेल्न बाध्य भए। रोहित र बिराट त्यसै प्रयासमा आउट भए। त्यो ओभरहरु महत्वपूर्ण थियो जसको फाइदा हामीले उठाउन सकेनौं। विकेट गुमेपछि मलाई थाहा छ कि ब्याट्सम्यानहरु साझेदारी बनाउन ध्यान दिने गर्छन्।” तेन्दुलकरले आफ्नो फेसबुकमा सोमबार गरेको भिडीयोमा बताएका छन्।
तेन्दुलकरले खेलमा विलियमसनको कप्तानीको तारिफ गरे- “पहिलो बल देखिनै विलियमसनको बलिंग परिवर्तन र फिल्ड सेटिंग उच्चस्तरीय थियो। उनीहरुको योजना राम्रो थियो र हामीले पहिलो ६ ओभरमा २ विकेट गुमाएर ३५ रन मात्र बनाउन सक्यो। ३५ रन मध्ये पनि २० रन त पाँचौ ओभरमा आएको थियो।”
“जब पन्त ब्याटिंग गर्न आएका थिए तुरन्तै स्पिनरको इन्ड विलियमसनले परिवर्तन गरे जुन चतुर चाल थियो। त्यति बेला न्युजिल्यान्डले खेलमा दबाब बनाएको थियो र भारतीय ब्याट्सम्यानहरुलाई ठूलो सट खेल्न बाध्य पारिरहेका थिए।” उनले थपे
“स्पिनरहरुको कुरा गर्दा ईश सोढीले प्रभावशाली बलिंग गरे भने मिचेल स्यान्टनरले पनि निकै राम्रो बलिंग गरे। दुवैले ८ ओभरमा मात्र ३२ रन दिए जुन छाप छोड्ने प्रदर्शन थियो।”
उनले १११ रनको लक्ष्य पछ्याउने क्रममा ४९ रन बनाएका डेरेल मिचेलको भूमिकाको तारिफ गरे – “डेरेल मिचेल र विलियमसनले महत्वपूर्ण साझेदारी गरे। विलियमसन न्युजिल्यान्ड टिमका चट्टान जस्तै हुन् जो विकेटमा हुँदा खेल नियन्त्रणमा हुने गर्छ। मिचेलले केहि राम्रो सटहरु खेल्दै स्ट्राइक पनि परिवर्तन गरे।”
“जब भारतले बलिंग गर्न सुरु गर्यो त्यो योगफलमा पहिलो ६ ओभरमा ३ विकेट तपाईले लिनै पर्छ तब मात्र तपाई खेलमा हुनुहुन्छ। तर हामीले प्रभावित पार्ने बलिंग गर्न सकेनौं। वरुण चक्रवर्तीले विकेट लिन सकेनन्। तपाई विकेट लिनुहुन्न भने ब्याट्सम्यान हावी हुनु स्वाभाविक हो। ”
उनले न्युजिल्यान्डसंगको खेल भारतको लागि कठिन खेल भएको बताए- “समग्रमा हेर्दा हाम्रो लागि हिजो निकै कठिन दिन थियो। यस्तो दिन कहिले काहीं आउने गर्छ। तपाईले जति कोशिस गर्दा पनि केहि काम गर्दैन त्यस्तै दिन थियो। मलाई लाग्छ अगाडी खेलहरुले भारतले केहि खास गरेर देखाउनेछ।”
यो पनि पढ्नुस : भारत अझै पुग्न सक्छ सेमीफाइनल, पढ्नुस कसरि