भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवलाई हृदयघात भएपछि उनको दिल्लीमा उपचार भैरहेको छ। ६१ वर्षीय पूर्व क्रिकेटरको दिल्लीमा एन्जियोप्लास्टि सर्जरी गरिएको भारतीय मिडियाहरुले बताएका छन्।
भारतलाई १९८३ मा पहिलो पटक आईसीसी विश्वकप उपाधि दिलाएका कपिल देव लामो समय देखि मधुमेह सम्बन्धित स्वास्थ्य समस्यासंग जुझ्दै आएका थिए। उनको हृदयघातको खबरपछि फ्यानहरुले उनको स्वास्थ्यलाभको कामना गरेका छन्। उनको परिवारको तर्फबाट भने अहिलेसम्म कुनै जानकारी आएको छैन।
Legendary cricketer Kapil Dev @therealkapildev suffers heart attack, undergoes angioplasty at a hospital in Delhi. Wishing him a speedy recovery.
— Teena Thacker (@Teensthack) October 23, 2020
क्रिकेट खेलको उत्कृस्ट अलराउण्डर मध्येका देवले भारतको लागि ३५६ खेल खेल्ने क्रममा ९,०३१ रन बनाएका थिए। कुल ६८७ विकेट लिएका देव समग्र अन्तर्राष्ट्रिय क्रिकेटमा १६ औं सर्वाधिक विकेटकर्ता हुन् भने भारतको लागि अनिल कुम्बले ( ९५६ विकेट ) र हरभजन सिंह ( ७११ विकेट ) पछि तेश्रो सर्वाधिक विकेटकर्ता हुन्।
१३१ टेस्ट र २२५ वानडे खेल्ने क्रममा देवले क्रमशः ५२४८ र ३,७८३ रन बनाएका थिए भने ४३४ र २५३ विकेट लिएका थिए। टेस्टमा उनले ८ र वानडेमा १ शतक प्रहार गरेका थिए। बलिंगतर्फ टेस्टमा २३ पटक ५ विकेट र २ पटक १० विकेट लिएका उनले वानडेमा १ पटक ५ विकेट लिएका थिए। भारतको लागि १९७८ मा पाकिस्तान बिरुद्ध डेब्यु गरेका देवले १९९४ मा अन्तिम पटक खेलेका थिए।
बलियो मुम्बई बिरुद्ध चेन्नाईलाई ‘गर या मर’ को स्थिति
पाण्डे, होल्डर र शंकर चम्किदा राजस्थान बिरुद्ध हैदरावादको शानदार जित
