करन केसीले उत्कृस्ट बलिंग गरेको १० खेल

आधा दशक देखि नेपाली राष्ट्रिय टिमको ओपेनिंग पेस बलिंगको जिम्मेवारी सम्हालिरहेका करन केसीले आफुलाई नेपाली क्रिकेटको चर्चित नामहरुमा सामेल गरिसकेका छन्। निरन्तर आफ्नो बलिंग सुधार गरिरहेका केसी एसोसिएट रास्ट्रमा अब्बल तिब्र गति बलर बन्ने दौडमा छन्। बलिंग मात्र नभई ब्याटिंगबाट समेत उत्तिकै योगदान दिन सक्ने केसीले २०१८ डिभिजन-२ मा क्यानडा बिरुद्ध १ विकेटको जित हात पार्दै नेपाललाई विश्वकप छनौट पुर्याउन खेलेको अविजित ४२ रनको इनिंग सायदै नेपाली समर्थकहरुले बिर्सनेछन्। अल-राउण्ड क्षमताकै कारण उनि नेपाली क्रिकेट टिमको अभिन्न अंग बनेका छन्।  करनको नाममा नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा दोश्रो सर्वाधिक  विकेटकर्ताको  रेकर्ड पनि रहेको छ जसले ३३ खेलमा ४४ विकेट आफ्नो नाम गरिसकेका छन्।  उनै केसीले नेपालको लागि गरेका १० उत्कृस्ट बलिंग प्रदर्शनको चर्चा यस लेखमा गरेका छौँ।  

बिरुद्ध नामिबिया , आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ २०१५ , नामिबिया  : डिभिजन-२ मा घरेलु टिम नामिबियालाई ३ विकेटले पराजित गर्ने क्रममा करनले उत्कृस्ट बलिंग गरेका थिए। क्यानडाको माथिल्लो क्रमलाई छिट्टै पेभेलियन फर्काउदै नामिबियालाई १४२ रनमा समेट्न करनले महत्वपूर्ण योगदान दिएका थिए। ६.१ ओभरमा उनले १ मेडन ओभर गर्दै ३ विकेट लिएका थिए। १४३ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर पुरा गरेको थियो।

बिरुद्ध क्यानडा, आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ २०१५ , नामिबिया 

करियरको सुरुवाती प्रतियोगितामै उत्कृस्ट सुरुवात गर्ने क्रममा करनले क्यानडा बिरुद्ध ५ विकेट लिंदै आफुलाई माथिल्लो स्तरमा लायक खेलाडी प्रमाणित गरेका थिए। अघिल्लो २ खेलमा युगान्डा र नेदरल्याण्ड बिरुद्ध किफायती बलिंगका बाबजुद विकेटविहिन भएका करनले क्यानडाको माथिल्लो क्रम निस्तेज पारेका थिए। उनले १० ओभरमा २ मेडन गर्दै २६ रन खर्चेर ५ विकेट लिंदा टस जितेर ब्याटिंग गरेको क्यानडा ११४ रनमै समेटिन पुगेको थियो। नेपालले मात्र ३ विकेट गुमाएर उक्त खेल जितेको थियो। उत्कृस्ट बलिंगका बाबजुद खेलको प्लेयर अफ द म्याच भने ७७ रन तथा १ विकेट लिएका कप्तान पारस खड्का चुनिएका थिए। करनको उक्त स्पेल त्यतिबेला लिस्ट ‘ए’ क्रिकेटमा नेपालको सबैभन्दा उत्कृस्ट स्पेल थियो। २०१८ मा सन्दिपले केन्या बिरुद्ध ५ विकेट ( १०-५-२०-५ ) तथा सन्दिपलेनै अमेरिका बिरुद्ध २०२० मा ६ विकेट ( ६-१-१६-६ ) लिंदै उक्त रेकर्डलाई पछि पारेका थिए।

Karan KC

बिरुद्ध हंगकंग, ओमान टि-२० सिरिज २०१९ , ओमान  : ओमान बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय सिरिजमा हंगकंग बिरुद्ध नेपालले ४ विकेटको जित हात पार्दा करनले ४ विकेट लिएका थिए। ४ ओभरमा ३६ रन खर्चिएका उनले सबै विकेट हंगकंग माथिल्लो क्रमको ब्याट्सम्यानको लिएका थिए। करनको ४ विकेट मद्दतले हंगकंगले पहिले ब्याटिंग गर्दै १२५ रन मात्र बनाएको थियो। नेपालले ६ विकेट गुमाएर खेल जितेको थियो। स्कोरकार्ड 

बिरुद्ध नेदरल्याण्ड, ओमान टि-२० सिरिज २०१९  : सिरिजमा लगातार दोश्रो खेलमा उत्कृस्ट बलिंग गर्ने क्रममा करनले बलियो नेदरल्याण्ड बिरुद्ध ४ विकेट लिएका थिए। ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेटको प्रदर्शन उनको टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत उत्कृस्ट बलिंग स्पेल हो भने समग्रमा नेपाली खेलाडीको टि-२० अन्तर्राष्ट्रियमा दोश्रो उत्कृस्ट स्पेल हो। बसन्त रेग्मी ( ४-०-१६-४ ) को टि-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उत्कृस्ट स्पेलको रेकर्ड तोड्न उनि थोरैले चुकेका थिए। उक्त खेलमा नेदरल्याण्ड १३३ रनमा समेटिन पुगेको थियो। नेपालले ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। खेलमा करनले ब्याटिंगमा पनि उत्कृस्ट प्रदर्शन गरेका थिए। मात्र १४ बलमा ३१ रन बनाउने क्रममा १ चौका र ३ छक्का प्रहार गर्दै करनले अपत्यारिलो जित दिलाएका थिए। स्कोरकार्ड 

Karan KC
Karan KC

बिरुद्ध ओमान, आईसीसी विश्वकप लिग-२ २०२० , नेपाल  : नेपालमै आयोजित आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा करनले ओमान बिरुद्ध ४ विकेट लिएका थिए। ९ ओभरमा १ मेडन गर्दै उनले ४७ रन खर्चने क्रममा उनले दुइ ओमान ओपनरको विकेट लिएका थिए भने अन्तिममा महत्वपूर्ण साझेदारी पनि तोडेका थिए। करनको उत्कृस्ट प्रदर्शनको बाबजुद १९८ रनको लक्ष्य पछ्याउन नेपाल चुकेको थियो र १८ रनले खेल हार्न पुगेको थियो।

बिरुद्ध अमेरिका, आईसीसी विश्वकप लिग-२ २०२० , नेपाल  :  विश्वकप लिग-२ अन्तर्गत अमेरिका बिरुद्ध महत्वपूर्ण जित दर्ता गर्ने क्रममा करनले उत्कृस्ट योगदान दिएका थिए। अमेरिका ३५ रनले पराजित भएको खेलमा करनले ७.१ ओभरमा १ मेडन गर्दै १५ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिएका थिए। खेलमा पहिले ब्याटिंग गर्दै नेपालले मात्र १९० रन बनाउन सकेको थियो। अमेरिकालाई १५५ रनमा समेट्ने क्रममा करनले अमेरिकी माथिल्लो क्रमको ब्याट्सम्यानहरुलाई पेभेलियन फर्काएका थिए। ७५ रन बनाएर जितमा तगारो बनेका हल्ल्यान्डको ठूलो विकेट करनले दिलाएका थिए। एकदिवसीय अन्तर्राष्ट्रियमा करनको ७.१-१-१५-४ को बलिंग स्पेल व्यक्तिगत उत्कृस्ट बलिंग स्पेल हो भने नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा चौथो उत्कृस्ट स्पेल हो।

बिरुद्ध हंगकंग , एसीसी इमर्जिंग टिम्स कप २०१९, बंगलादेश  : हंगकंग बिरुद्ध २१७ रनको योगफल रक्षा गर्ने क्रममा हंगकंगलाई १७७ रनमा नेपालले समेट्न सकेको थियो। ४० रनले नेपाल जित्दा करनले हंगकंगको माथिल्लो क्रमका ब्याट्सम्यानलाई छिट्टै पेभेलियन फर्काउन उत्कृस्ट बलिंग गरेका थिए। ९ ओभरमा १ मेडन गर्दै ३२ रन खर्चेर करनले ३ विकेट लिएका थिए र जितमा महत्वपूर्ण योगदान दिएका थिए। स्कोरकार्ड 

Karan KC ( File Photo – Thenational.ae )

बिरुद्ध मलेसिया, त्रिकोणात्मक टि-२० सिरिज २०२१  : घरेलु मैदानमा मलेसिया बिरुद्ध ९ विकेटको जित दर्ता गर्ने क्रममा करन उत्कृस्ट बलिंग गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए। पहिले ब्याटिंग गरेको मलेसियालाई १०९ रनमै समेट्ने क्रममा केसीले ३ ओभरमा मात्र १७ रन खर्चेर ३ विकेट लिएका थिए। स्कोरकार्ड

बिरुद्ध नेदरल्याण्ड ,त्रिकोणात्मक टि-२० सिरिज, २०२१ फाइनल  : नेदरल्याण्डलाई पराजित गर्दै घरेलु मैदानमा ऐतिहासिक टि-२० सिरिज दर्ता गर्ने क्रममा करन खेलको उत्कृस्ट खेलाडी चुनिएका थिए। नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड ९६ रनमै समेटिन पुगेको थियो। करनले ३ ओभर बलिंग गर्दा मात्र ११ रन खर्चेर ३ विकेट लिने क्रममा नेदरल्याण्डको ठूला ब्याट्सम्यानहरुको विकेट लिएका थिए। स्कोरकार्ड 

बिरुद्ध ओमान, विश्वकप लिग-२ २०२१, ओमान : पछिल्लो ३ वटै भेटमा ओमानसंग पराजित भएको नेपाललाई ओमानले पुनः पराजित गर्ने आँकलन गरिएको थियो। तर टस जितेर फिल्डिंग गरेको नेपालले ओमानको ब्याटिंग तहसनहस बनायो। करनले ओमानको माथिल्लो क्रमको तिन जना ब्याट्सम्यानको विकेट लिंदै सुरुवातमै ओमानलाई ब्याकफुटमा धकेले जसपछि नेपाल ओमान माथि पूर्णतः हावी रह्यो। उनले ८ ओभर बलिंग गर्दा १ मेडन राख्दै २५ रन खर्चिएर ४ महत्वपूर्ण विकेट लिए। फलस्वरुप ओमान १२१ रनमै समेटिन पुग्यो जसपछि नेपालले खेल ७ विकेटले जित्न सफल रह्यो। करननै खेलको प्लेयर अफ द म्याच चुनिए।  स्कोरकार्ड 





थप समाचार

आइपीएल : बेंगलुरु र हैदराबाद खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच खेल हुदै छ । हैदराबादको घरेलु […]

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्ट इन्डिज ए विरुद्ध को पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा भएको […]

गुजरातमाथि दिल्लीको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । घरेलु […]

दिल्लीले गुजरातलाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४० औं खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय २५ […]

आइपीएल : दिल्ली र गुजरात भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुदै छ । दिल्लीको घरेलु मैदान […]

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]