करन केसीको नाममा रहेको ४ विश्वकिर्तिमान

सन् २०१५ मा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट डेब्यु गरेका फास्ट बलिंग अलराउण्डर करन केसी लगातार रुपमा नेपाली राष्ट्रिय टिमको महत्वपूर्ण खेलाडी सावित हुँदै आएका छन्। २९ वर्षीय फास्ट बलरले नेपाली टिममा मात्र सिमित छैनन् र आफुलाई विश्वस्तरमा प्रतिनिधित्व गर्न सक्ने खेलाडीको रुपमा समेत प्रमाणित गरिसकेका छन्। यसै वर्ष सम्पन्न अबुधाबी टि-टेन लिगमा विश्वचर्चित ब्याट्सम्यान क्रिस गेललाई बोल्ड गर्दै उनले नेपालको नाम उचो पारेका थिए। भर्खरै नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा ब्याट र बलबाट उत्कृस्ट प्रदर्शन गरेका केसीको नाममा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बिभिन्न विश्वकीर्तिमान समेत रहेको छ जसलाई यो लेखमा प्रस्तुत गरेका छौँ –

एकै खेलमा सर्वाधिक मेईडन ओभर

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक मेईडन ओभर गर्ने किर्तिमान संयुक्त रुपमा करन केसीको नाममा रहेको छ। करनले सन् २०२० मार्चमा थाइल्याण्ड बिरुद्ध ४ ओभरमा २ मेईडन ओभर गर्दै १२ रन खर्चेर ३ विकेट लिएका थिए। यो रेकर्ड करनसंगै संयुक्त रुपमा सन्दिप लामिछानेको नाममा पनि रहेको छ जसले सोहि खेलमा ४ ओभरमा २ मेईडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनै पनि बलरले २ भन्दा बढी मेईडन ओभर गर्न सकेका छैनन्। संयुक्तरुपमा सर्वाधिक मेईडन ओभर गर्ने किर्तिमान करन केसी र सन्दिप लामिछानेसंगै संयुक्त रुपमा विश्वका ३० जना बलरको नाममा रहेको छ। पुरा सुची हेर्नुस 

Karan KC

लगातार २ खेलमा ४ विकेट 

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको लगातार २ खेलमा ४ विकेट लिने किर्तिमान संयुक्तरुपमा करन केसीको नाममा रहेको छ। करनले सन् २०१९ मा ओमानमा आयोजित पांच देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय सिरिजमा हंगकंगनेदरल्याण्डसंग लगातार दुई खेलमा ४ विकेट लिएका थिए। यो किर्तिमान करनसंगै संयुक्तरुपमा श्रीलंकाका अजन्था मेन्डिस, पाकिस्तानका उमर गुल, नेदरल्याण्डका मुदस्सर बुखारी, भारतका युजभेन्द्र चहल, अफगानिस्तानका राशिद खान, नामिबियाका क्रिस्टी भिलजोन, भानुआटूका नलिन निपिको, ओमानका बिलान खान, कुवेतका मोहम्मद अस्लम र हंगकंगका हारुन अर्शदको नाममा रहेको छ।

एकै क्यालेन्डर वर्षमा सर्वाधिक विकेट 

करन केसी एकै क्यालेन्डर वर्षमा संयुक्तरुपमा टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने एसोसिएट राष्ट्रका खेलाडी हुन्। सन् २०१९ मा एसोसिएट राष्ट्रबाट करन केसी, सन्दिप लामिछानेले र नेदरल्याण्डका खेलाडी ब्रेण्डन ग्लोभरले समान २८ विकेट लिंदै यो किर्तिमान बनाएका थिए।

करन समग्र रुपमा टि-२० अन्तर्राष्ट्रिय फर्म्याटको एकै क्यालेन्डर वर्षमा संयुक्त रुपमा दोश्रो सर्वाधिक विकेटकर्ता पनि हुन्। २०१९ मा करनसंगै सन्दिप लामिछाने, नेदरल्याण्डका ब्रेण्डन ग्लोभर, पाकिस्तानका शदाब खान र भारतका जस्प्रित बुम्राहले समान २८ विकेट लिएका थिए। एकै क्यालेन्डर वर्षमा सर्वाधिक विकेट लिने बलर अस्ट्रेलियन फास्ट बलर एन्ड्रु टाई हुन् जसले सन् २०१८ मा ३१ विकेट लिएका थिए।

सर्वाधिक स्ट्राइक रेट 

वर्ष २०२१ मा खेलिएका टि-२० अन्तर्राष्ट्रिय खेलको एकै इनिंग्समा २५ भन्दा बढी रन बनाउने ब्याट्सम्यान मध्ये सर्वाधिक स्ट्राइक रेटको रेकर्ड करन केसीको नाममा रहेको छ। करनले भर्खरै सम्पन्न त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसिया बिरुद्ध मात्र १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन बनाएका थिए जुन क्रममा उनको स्ट्राइक रेट ३४६.१५ रहेको थियो।

करनले यस क्रममा वेस्टइन्डिज ब्याट्सम्यान काईरन पोलार्डलाई उछिनेका थिए जसले श्रीलंका बिरुद्ध गत २०२१ मार्चमा ११ बलमा ६ छक्का मद्दतले ३४५.४५ को स्ट्राइक रेटले ३८ रन बनाएका थिए।

सम्बन्धित 

https://wicketnepal.com/karan-bowled-gayle/

https://wicketnepal.com/karan-kc-best-bowling-spell/

https://wicketnepal.com/sandeep-10-rec-in-t20-leagues-wn20/

https://wicketnepal.com/pahilo-int-khelne-14-nepali-cricketer-wn20/





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]