करन केसीको विस्फोटक ब्याटिंग मदतले राइजिंग पोखरा फाइनलमा

karan kc
  • विकेटनेपाल – ११ चैत्र, आइतवार

बागलुङमा जारी पाँचौ धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने टोलिको टुंगो लागेको छ। प्रतियोगिताको उपाधिको लागि बागलुङ क्रिकेट क्लव र राईजिङ क्रिकेट एकेडेमि पोखरा भिडने भएका छन्।

आइतवार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल बिधार्थी संघलाई ४ विकेटले हराउदै राईजिङ क्रिकेट एकेडेमि पोखरा फाइनल प्रवेश गरेको छ। यस्तै दिनको दोस्रो खेलमा वुटवल युथ स्पोर्ट क्लव लाई ११६ रनको विशाल अन्तरले हराउदै आयोजक बागलुङ क्रिकेट क्बलले समेत फाइनलमा स्थान बनाएको छ।

बागलुङको बाङ्गेचौर खेलमैदानमा भएको रोमान्चक पहिलो सेमिफाइनलमा राइजिंग क्रिकेट एकेडेमीले जित दर्ता गर्यो। नेपाल बिधार्थी संघले दिएको १६२ रनको लक्ष्य पछयाउने क्रममा राईजिङ क्रिकेट एकेडेमि पोखराबाट ओपनिङ गर्दे राष्ट्रिय खेलाडि करण केसीले एक सय १० रनको आक्रामक पारी खेलेका थिए। म्यान अफ दि म्याच समेत घोषित भएका करणले ७३ बल खेल्दै १२ छक्का र ५ चौकाको मद्दतमा अविजित ११० रन र बलिङमा पनि २ विकेट लिएका थिए।

यस्तै दिनको दोस्रो सेमिफाइनलमा बागलुङ क्रिकेट क्लवले दिएको १६४ रनको लक्ष्य पछयाएको वुटवल युथ स्पोर्ट क्लव मात्र ४७ रनमा समेटिएको थियो। वुटवल युथ स्पोर्ट क्लवलाई सस्तैमा समेटन महत्वपुर्ण चार विकेट लिएका राष्ट्रिय खेलाडि बिक्रम शोब म्यान अफ दि म्याच घोषित भए।

Bikram Sob
Bikram Sob

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्यटम्यान र वेष्ट बलरले जनहि ५–५ हजार प्राप्त गर्नेछन् ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]