सुपर ओभर पुगेको रोमान्चक खेलमा करन केसी नायक, बिरानगरको लगातार जित

Karan KC
  • विकेटनेपाल, मङ्सिर २५ , मंगलबार 

सनसनीपूर्ण खेलमा करन केसी नायक बन्दा पोखरा राइनोजलाई ७ रनले पराजित गर्दै बिराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग अन्तर्गत आफ्नो दोश्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा ७ रनले पराजित गरेको छ।

प्रतियोगिताको पहिलो खेलमा ललितपुरलाई ३ विकेटले पराजित गरेको वारियर्सको यो लगातार दोश्रो जित हो भने पोखरा राइनोजको यो लगातार तेश्रो हार हो। पोखराले यस अघि ललितपुर र भैरहवासंग हारीसकेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै पोखरा राइनोजले २० ओभरमा ७ विकेट गुमाएर ८४ रनको योगफल तयार गरेको थियो। ८५ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर ८४ रननै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा के भयो 

सुपर ओभरमा पहिले ब्याटिंग गरेको बिराटनगर वारियर्सले पारस खड्का र करन केसीलाई पठाएको थियो। पोखराले बलिङ्ग गर्न पेस बलर पल कग्लिनलाई पठायो।

बिराटनगरले सुपर ओभरको ४ वटा बलमा २/२ रन लियो भने २ वटा छक्का प्रहार गर्न सफल भयो। सुपर ओभरको ६ वटै बल करन केसीले खेल्दै २० रन बनाए। फलस्वरूप खेल जित्न पोखरा राइनोजले २१ रनको लक्ष्य पायो।

बिराटनगरको ओभर ( पल कग्लिन ) –  २ रन ( करन ) , २ रन ( करन ) , छक्का ( करन ) , २ रन ( करन ) , छक्का ( करन ) , २ रन ( करन ) 

Karan KC
Karan KC

पोखरा राइनोजले लक्ष्य पछ्याउने क्रममा रिचर्ड लेभी र बिनोद भण्डारीलाई ब्याटिंगमा पठायो भने बिराटनगरले बलिङ्गमा भान डर मर्वेलाई पठायो।

मर्वेको पहिलो बलमा लेभीले ठुल सट प्रयास गरे तर बल छुन सकेनन्। दोश्रो बलमा लेभीले १ रन लिए भने तेश्रो बलमा बिनोद भण्डारीले छक्का प्रहार गरे। चौथो बलमा बिनोदले १ रन लिए भने पाँचौ बलमा लेभीले पनि १ रन लिंदै लेभीलाई स्ट्राइक दिए। अन्तिम बलमा बिनोद भण्डारीले चौका प्रहार गरे पनि टिमलाई जिताउन सकेनन्।

पोखरा राइनोजको ओभर ( भान डर मर्वे ) : डट बल ( लेभी ) , १ रन ( लेभी ) , छक्का ( बिनोद भण्डारी )   , १ बाई रन ( बिनोद ) , १ रन ( लेभी ) , चौका ( बिनोद )

Binod Bhandari
Binod Bhandari

सुपर ओभरमा उत्कृस्ट ब्याटिंग गरेका करन केसी खेलको प्लेयर अफ द म्याच चुनिए।

बिराटनगरको ब्याटिंग फेरी चलेन, ८४ मा अलआउट 

पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगरले १९.३ ओभरमा ८४ रनमा सबै विकेट गुमाउन पुग्यो जसपछि स्कोर बराबरी भएको थियो।

लक्ष्य पछ्याउने क्रममा वारियर्सले २८ रनको योगफलमा ४ विकेट गुमायो। ओपनिङ्ग ब्याटिंग गर्न आएका पारस खड्का ( १ ) र अनिल साह ( ० ) पछि आसिफ शेख ( १९ रन, १३ बल, ४ चौका ) र समित पटेल ( ८ ) ले पनि विकेट गुमाए।

पाँचौ नम्बरमा आएका भान डर मर्वे ( ११ रन ) पनि आउट हुँदा ८.२ ओभरमा योगफल ४५/५ पुग्यो। त्यसपछि रोबिन क्षेत्री पनि १ चौका र १ छक्का प्रहार गर्दै १२ रन बनाएर आउट हुँदा योगफल ५५/६ पुग्यो। लगत्तै सुमित महर्जन पनि ४ रन बनाएर आउट हुँदा योगफल ५६/७ पुग्यो।

त्यसपछि ब्याटिंग गर्न आएका हरि चौहान र करन केसीले आठौँ विकेटको लागि २३ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याउने प्रयास गरे। करन बिपिन खत्रीको बलमा १५ रन ( १९ बल, १ चौका र १ छक्का ) प्रहार गर्दै आउट हुँदा योगफल १७.४ ओभरमा ७९/८ पुग्यो।

जितको लागि ५ रन आवस्यक थियो र २ विकेट बाँकी। त्यो अवस्थामा ब्याटिंग गर्न आएका बसन्त रेग्मी १ रन बनाएर पल कग्लिन विकेटकिपर शुबेन्दु पाण्डेको हातबाट समातिन पुगे। ८१ रनको योगफलमा ९ विकेट गुमेपछि अन्तिम ओभरमा बिराटनगरलाई जित्न २ रन आवस्यक थियो।

अन्तिम ओभरमा हरि चौहानले बिक्रम सोबको पहिलो बलमा १ रन लिए र स्कोर बराबर बनाए। दोश्रो बलमा भान मिकिरनले रन बनाउन सकेनन्। तेश्रो बलमा बिक्रम सोबले मिकिरनलाई किशोर महतोको हातबाट क्याच आउट गराउदा बिराटनगरको इनिंग ८४ रनमा समाप्त भएको थियो र खेल सुपर ओभरमा पुगेको थियो।

Bipin Khatri
Bipin Khatri

पोखराको बलिङ्गमा बिपिन खत्रीले सर्वाधिक ३ विकेट ( ४-१-१५-३ ) लिए भने सुशन भारि ( ४-०-२२-२ ) , बिक्रम सोब ( ३.३-०-११-२ ) र पल कग्लिन ( ४-०-१८-२ ) ले समान २/२ विकेट लिए। शक्ति गौचनले १ विकेट लिन ४ ओभरमा १८ रन खर्चिए।

पोखराको कमजोर ब्याटिंग 

खेलमा टस जितेर विराटनगरले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको पोखराले कमजोर ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सकेको थियो।

टस जितेर बिराटनगर वारियर्सले फिल्डिंग रोजेपछि पोखराले अत्यन्त खराब सुरुवात गर्यो। अघिल्लो २ खेलमा ७९ र ८४ रनको विस्फोटक इनिंग खेलेका रिचर्ड लेभी मात्र ३ रन बनाएर आउट हुन पुगे। कप्तान कायल कोट्जर ( ४ ) र शुबेन्दु पाण्डे ( ० ) र बिनोद भण्डारी ( १ ) ले लगातार विकेट गुमाउन पुग्दा पोखरा ३.५ ओभरमा १९/४ को स्थितिमा पुग्यो।

लेभीलाई देब्रे हाते स्पिनर भान डर मर्वेले विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए भने कोट्जर पनि ठुलो सट खेल्ने चक्करमा मर्वेकै बलमा क्याच आउट भए। पल भान मिकिरनको बाउन्सरलाई हुक गर्ने चक्करमाल धमलाको स्थानमा पहिलो खेल खेलीरहेका शुबेन्दु पाण्डे विकेटकिपरको हातमा क्याच दिन पुगे। विकेट पछि शुबेन्दुले अम्पायरलाई आउट नभएको बताएका थिए र टिभी रिप्लेमा पनि ब्याट र ग्लब्समा लागेको देखिएको थिएन।

४ विकेट गुमेपछि राजेश कग्लिनले पाँचौ विकेटको लागि ३० रनको साझेदारी गरे। तर क्रिजमा निरन्तर संघर्ष गरेका कग्लिन २० रन बनाएर मिकिरनको बलमा क्याच समातिन पुगे। पुलामी पनि १७ रन बनाएर समित पटेलको सिकार भए।

त्यसपछि सुशन भारि ( ८ ) , बिक्रम सोब ( ५* ) र शक्ति गौचन ( ३*) ले पनि खास योगदान दिन सकेनन फलस्वरूप राइनोजले २० ओभरमा ७ विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो।

१८ ओभरमा ८० रनको योगफलबाट अन्तिमको २ ओभरमा राइनोजले ४ रन मात्रै जोड्न सक्यो। शक्ति गौचनले ३ रन बनाउन ११ बल खेले। बसन्त रेग्मीले गरेको १९ औं ओभरमा गौचनले ५ डट बल खेल्दा १ रन मात्रै बनाउन सके। यस्तै करन केसीले गरेको इनिंगक ओअन्तिम ओभरमा ३ रन मात्रै बन्यो।

बिराटनगरको बलिङ्गमा पल भान मिकिरनले सर्वाधिक ३ विकेट ( ४-०-१७-३ ) लिए भने भान डर मर्वेले २ ( ४-०-२०-२ ) तथा बसन्त रेग्मी ( ४-०-१५-१ ) र समित पटेल ( ४-०-१०-१ ) ले समान १/१ विकेट लिए। किफायती बलिङ्ग गरेका करन केसीले ४ ओभरमा १४ रन मात्रै खर्चिए।

प्रतियोगिता अन्तर्गत पोखराले पहिलो खेलमा भैरहवासंग ४ विकेटले तथा ललितपुरसंग ८ विकेटले पराजित हुन पुगेको थियो। बिराटनगरले भने पहिलो खेलमा ललितपुर प्याट्रीएट्सलाई ३ विकेटले पराजित गरेको थियो।

( फिचर फोटो – बिराटनगर वारियर्स फेसबुक, फाइल फोटो )





थप समाचार

नेपाल डिपि लिमिटेड र लुम्बिनी लायन्सबीच सम्झौता

नेपाल डिपि लिमिटेडले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ । नेपाल डिपि लिमिटेड […]

८ वर्षपछि एमपीएलको तेस्रो संस्करणको तयारी

मधेश प्रदेशमा मधेश प्रिमियर लिग (एमपीएल) तेस्रो संस्करणको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ । लिगको दोस्रो संस्करण भएको आठ […]

यु-१९ एसिया कप : लगातार दोश्रो हार पछि नेपालको सेमीफाइनल सम्भावना समाप्त

युएईमा जारी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल […]

एनपीएल : उद्घाटन खेलमा सन्दिपको टिम बिराटनगर जनकपुरसंग ८ विकेटले पराजित

नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा अनिल शाह कप्तानीको जनकपुर बोल्ट्सले विजयी सुरुवात गर्ने क्रममा सन्दिप लामिछाने कप्तानीको टिम बिराटनगर किंग्सलाई […]

शिखर धवन भन्छन्ः ‘एनपिएलमा स्थानीय खेलाडीसँगै उत्कृष्ट प्रदर्शन गर्न तयार छु’

काठमाडौं । कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आईपुगेका स्टार भारतीय क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न […]

लुम्बिनी लायन्स र रिलायन्स फाइनान्स बीच प्रायोजन सम्झौता

नेपालका प्रमुख वित्तीय संस्थाहरूमध्ये एक, रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको […]