करन केसी नायक बन्दा बिराटनगरको रोमान्चक जित

Karan KC
  • विकेटनेपाल, मङ्सिर-२२ – शनिवार 

करन केसीले उत्कृस्ट ब्याटिंग र बलिङ्ग गरेपछि अत्यन्त रोमान्चक खेलमा ललितपुर प्याट्रीएट्सलाई ३ विकेटले पराजित गर्दै बिराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा जित दर्ता गरेको छ।

अन्तिम ओभरसम्म पुगेको खेलमा पहिले ब्याटिंग गर्दै ललितपुरले ९ विकेट गुमाएर २० ओभरमा १०४ रन बनाएको थियो। १०५ रन लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरको पाँचौ बलमा जित हात पार्ने क्रममा वारियर्सले ७ विकेट गुमायो।

करन केसी बने नायक 

१०५ रनको लक्ष्य पछ्याउने क्रममा बिराटनगर वारियर्सले पनि कमजोर सुरुवात गर्यो। ओपनर अनिल साह ( ११ ) , पारस खड्का ( ८ ) , स्मित पटेल  ( १ ) र भान डर मर्वे ( ० ) ले  गुमाउन पुग्दा १०.१ ओभरमा बिराटनगरले ३४ रनको योगफलमै ४ विकेट गुमाउन पुगेको थियो।

ओपनिङ्ग ब्याटिंग गरेका आसिफ शेखले धैर्यता देखाए पनि १९ रन ( ३० बल, १ छक्का ) बनाएर उनि पनि १४ औं ओभरको पाँचौ बलमा आउट हुन पुगे जुन बेला योगफल ४८/५ पुग्यो। सुमित महर्जन पनि लगत्तै ओभरमा ८ रन ( १५ बल ) बनाएर आउट हुन पुगे भने हरि चौहान ( ४ ) पनि आउट हुँदा वारियर्स नाजुक अवस्थामा पुग्यो।

१६.४ ओभरमा ७३/७ को अवस्थामा पुगेको वारियर्सलाई त्यसपछि करन केसी र पल भान मिकिरिनले साझेदारी गर्दै जितको आशा दिलाए।

अठारौं ओभरको अतिम बलमा राशिद खानको बलमा मिकिरिनले छक्का प्रहार गरे भने त्यसपछि १९ औं ओभरको पहिलो बलमा करन केसीले छक्कानै हिर्काएपछि खेल वारियर्सको पक्ष तिर ढल्केको थियो। १९ ओभर सकिंदा वारियर्सको स्कोर ९५/७ पुग्यो अर्थात् जितको लागि अन्तिम ओभरमा १० रन आवस्यक।

अन्तिम ओभरमा बलिङ्ग गर्न योगेन्द्र सिंह कार्की आए जसको पहिलो बलमा २ रन लिएका करनले दोश्रो बलमा छक्का हिर्काउदै जितको अन्तर कम गरेका थिए। त्यसपछि तेश्रो बलमा १ रन लिएर मिकिरिनलाई स्ट्राईक दिएपछि जितको लागि आवस्यक १ रन पाँचौ बलमा लिंदै वारियर्सले १ बल बाँकी हुँदा ३ विकेटको अत्यन्त रोमान्चक जित दर्ता गर्यो।

उत्कृस्ट इनिंग खेलेर प्लेयर अफ द म्याच समेत चुनिएका करन केसीले अविजित ३६ रन बनाउन १९ बलमा ३ छक्का  १ चौका प्रहार गरे। मिकिरिन ९ रन  ( १२ बल १ छक्का ) बनाएर अविजित रहे।

ललितपुरका बलर गौरब तोमरले सर्वाधिक ३ विकेट ( ४-०-१०-३ ) तथा सन्दिप लामिछानेले २ ( ४-१-१२-२ ) विकेट लिए। ललित राजबंशीले १ विकेट ( ४-०-१६-१ ) हात पार्दा राशिद खान ( ३-०-३१-० ) र सन्नी पटेल ( ४-१-२४-० ) विकेट विहिन रहे।

Gaurav Tomar

ललितपुरको ब्याटिंग 

यस अघि ललितपुर प्याट्रीएट्सले टस जितेर ब्याटिंग गर्दै १०४ रनको योगफल तयार गरेको थियो।

टस जितेर ब्याटिंग रोजेको ललितपुरले राम्रो सुरुवात गर्न सकेन। ओपनर जयकिसन कोल्सावालालाई करन केसीले ४ रनको योगफलमा पहिलो ओभरमै आउट गरे। कोल्सावालाको विकेटपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका गौरभ तोमरले पनि ४ रनमा भान डर मर्वेको बलमा ४.५ ओभरमा विकेट गुमाए।

सुस्त ब्याटिंग गर्दै एउटा किनार सम्हालीरहेका पवन सर्राफले पनि लामो पारि खेल्न सकेनन् र नवौं ओभरको अन्तिम बलमा उनलाई मर्वेले बोल्ड गर्दा प्याट्रीएट्सले तेश्रो विकेट गुमाउन पुग्यो। सर्राफले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे।

Gyanendra Malla
Gyanendra Malla

९ ओभरमा ३८/३ को खराब स्थितिबाट दशौँ ओभरमा कुशल भुर्तेललाई खाता नखोल्दै स्मित पटेलले स्टम्प आउट गराए जसपछि प्याट्रीएट्स३९/४ ( ९.२ ) को नाजुक अवस्थामा पुग्यो।

छैठौं नम्बरमा ब्याटिंग गर्न आएका सन्नी पटेल र चौथो नम्बरमा ब्याटिंग गरेका कप्तान ज्ञानेन्द्र मल्लले त्यसपछि पाँचौ विकेटको लागि साझेदारी अघि बढाए। तर सन्नी पटेल पारस खड्काको बलमा लंग अनमा ठुलो सट खेल्ने चक्करमा आउट हुन पुगे। भान डर मर्वेले बाउन्ड्रीमा डाइभ गर्दै उत्कृस्ट क्याच लिए जसपछि सन्नी २० रन ( १५ बल, ३ चौका ) बनाएर आउट हुन पुगे।

त्यसपछि सातौँ नम्बरमा ब्याटिंग गरेका सन्दिप जोरा पनि ४ रनमा योगफलमा बसन्त रेग्मीको बलमा ठुलो सट खेल्ने चक्करमा मिड विकेटमा समातिन पुगे। जसपछि योगेन्द्र सिंह कार्की पनि खाता नखोल्दै पारस खड्काको सिधा थ्रोमा रन आउट हुन पुगे।

Roelof van der Merwe

एक किनार सम्हालेर ब्याटिंग गरिरहेका कप्तान मल्ल पनि अन्तिम ओभरको पाँचौ बलमा करन केसीको बलमा विकेटकिपर आसिफ शेखबाट समातिन पुगे। अर्धशतक बनाउन १ रनले चुकेका मल्लले ४९ रन बनाउन ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

निर्धारित २० ओभरमा ललितपुरले ९ विकेट गुमाएर १०४ रन मात्रै बनाउन सक्यो।

बिराटनगर वारियर्सको बलिङ्गमा  करन केसी ( ४-०-२०-२ ) र रोल्फ भान डर मर्वेले ( ४-०-१४-२ ) २/२ विकेट लिए। यस्तै बसन्त रेग्मी ( ४-०-१२-१ ) , पारस खड्का ( १-०-४-१ ) तथा स्मित पटेलले ( ३-०-२२-१ ) विकेट लिए।

प्लेयिंग ११ ( बिराटनगर वारियर्स ) : पारस खड्का (कप्तान), बसन्त रेग्मी, अनिल कुमार साह, आशिफ सेख , हरि बहादुर चौहान, प्रनित थापा, सुमित महर्जन, रोबिन क्षेत्री , स्मित पटेल (भारत), रोल्फ भान डर मर्वे (नेदरल्याण्ड), पल भान मिकिरिन (नेदरल्याण्ड)

प्लेयिंग ११ ( ललितपुर प्याट्रीएट्स ) : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल,  सुन्दिप जोरा, योगेन्द्रसिंह कार्की, पवन सर्राफ , सन्नी पटेल , गौरब तोमर , जयकिशन कोल्सावाला ( विकेटकिपर )  , सन्दिप लामिछाने, ललित राजवंशी, राशिद खान





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]