अल-राउण्ड प्रदर्शन गर्दै करन केसी बने ‘प्लेयर अफ द म्याच’

Karan KC
  • विकेटनेपाल, असोज २१ 

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई १४० रन ( डी/एल मेथड ) ले पराजित गरेको छ।

खेलमा करन केसीले ब्याटिंग र बलिङ्ग दुवैमा योगदान दिए पछि प्लेयर अफ द म्याच चुनिएका छन्।

राष्ट्रिय टिमको लागि २०१५ देखि खेल्न थालेका करन दोश्रो पटक प्लेयर अफ द म्याच चुनिएका हुन्। यस अघि उनि आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत क्यानडासंग चमत्कारिक अविजित ४२ रनको इनिंग खेल्दा प्लेयर अफ द म्याच चुनिएका थिए

विस्फोटक ब्याटिंग 

टस हारेर ब्याटिंग गरेको नेपालको माथिल्लो क्रमको ब्याट्सम्यानहरु लगातार आउट हुँदा आठौँ नम्बरमा विस्फोटक  ब्याटिंग गर्दै करनले टिमको योगफल १७२ पुर्याएका थिए।

१६.२ ओभरमा पारस खड्का आउट भए पछि करन ब्याटिंगमा आउदा स्कोर १२१/६ ( १६.२ ओभर ) थियो जसपछि मात्र १४ बलमा स्कोरलाई उनले २० ओभरमा १७२ पुर्याईदिए।

Sompal Kami , Karan KC
Sompal Kami , Karan KC

यस क्रममा करनले ४० रन बनाउन १४ बलमा ४ छक्का र २ चौका प्रहार गरे। इनिंगको अन्तिम ओभरमा करनले लगातार ३ छक्का प्रहार गरेका थिए।

बलिङ्गमा पनि कमाल 

बलिङ्गमा पनि करनले ३ विकेट लिंदा थाईल्याण्ड कमजोर बनेको थियो। १.५ ओभरमा मात्र ३ रन खर्चेर उनले उक्त विकेट हात पारेका थिए।

नेपालको  जितमा करन पछि बलिङ्गमा सन्दिप लामिछानेले ५ विकेट ( ३-१-८-५ ) हात पारे भने ब्याटिंगमा शरद भेसावकरले ३४, दिपेन्द्र ऐरिले ३०, अनिल साहले २५ तथा बिनोद भण्डारीले १५ रन बनाए।

Karan KC
Karan KC

प्रतियोगिता अन्तर्गत नेपालले आगामी खेलमा मंगलबार भुटानसंग खेल्नेछ। ७ टिम सहभागी प्रतियोगिताको अंकतालिकामा उत्कृस्ट ३ भित्र पर्ने टिम २०२० टि-२० बिश्वकप एसिया छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]