उत्कृस्ट बलिङ्ग गरेका करन केसी बने प्लेयर अफ द म्याच

  • विकेटनेपाल, माघ २० – आइतबार 

युएईलाई तेश्रो टि-२० मा १४ रनले पराजित गर्दै नेपालले इतिहासमै पहिलो पटक टि-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको छ।

वर्षको कारण १० ओभरमा छोट्याईएको खेलमा नेपालले पहिले ब्याटिंग गर्दै १०४/८ को योगफल तयार गरेको थियो। १०५ रनको लक्ष्य पछ्याउने क्रममा युएईले १० ओभरमा ८ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो र नेपाललाई जित र सिरिज सुम्पन पुग्यो।

करन केसी प्लेयर अफ द म्याच 

फेब्रुअरी करन केसीलाई फाप्ने महिना पुनः सावित भएको छ। गत वर्ष क्यानडा बिरुद्ध फेब्रुअरीमा सनसनीपूर्ण जित हात पार्दा ब्याटिंग नेपाललाई जित दिलाएका करनले युएई बिरुद्ध जितमा महत्वपूर्ण भूमिका खेले।

Karan KC

पहिले ब्याटिंग गर्ने क्रममा करनले ५ बलमा १ छक्का मदतले १० रन बनाए। त्यसपछि बलिङ्ग गर्ने क्रममा पनि करनले २ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट हात पारे।

करनले गरेको किफायती बलिङ्गले नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेको थियो भने विस्फोटक ब्याटिंग गरिरहेका शैमन अनवरको विकेट लिनु खेलको टर्निंग प्वाइन्ट थियो। अनवरले २० बलमा २/२ चौका र छक्का प्रहार गर्दै ३० रन बनाईसकेका थिए र खेल जिताउन सक्ने सम्भावना देखाएका थिए। यस्तै करनले अर्का विस्फोटक ब्याट्सम्यान तथा कप्तान मोहम्मद नबिदलाई खाता नखोल्दै क्याच आउट गराएका थिए।

Karan KC ( File Photo – Thenational.ae )

दोश्रो इनिंगको आठौँ ओभरमा उनले दुवै विकेट लिंदा खेलनै परिवर्तन भएको थियो। करनले ४ रन मात्र खर्चेर २ विकेट लिएका थिए।

करनको ओभर अघि युएई ६ ओभरमा ७२/३ को बलियो अवस्थामा थियो तर करनको ओभर पछि युएई ७ ओभरमा ७६/५ को कम्जोर अवस्थामा पुग्यो जहाँबाट युएई खेलमा फर्कन पाएन।

खेलमा नेपालको ब्याटिंगमा पारस खड्काले सर्वाधिक २९ रन ( १४ बलमा ४ चौका र १ छक्का ) , सन्दिप जोराले २८ रन ( ११ बलमा ३ छक्का ),  भण्डारीले २१ रन ( १३ बलमा २ चौका र १ छक्का ) बनाएका थिए।

नेपालको बलिङ्गमा करन केसी, अविनाश बोहरा र ललित राजबंशीले समान २/२ विकेट लिए। करनले २ ओभरमा १३ रन, अविनाश र ललितले २ ओभरमा समान १६ रन खर्चिए। सन्दिप लामिछानेले २ ओभरमा २३ रन खर्चेर १ विकेट तथा सोमपाल कामिले २ ओभरमा २१ रन खर्चेर १ विकेट हात पारे।

अविनाश बोहरा प्लेयर अफ द सिरिज 

प्रतियोगितामा डेब्यु गरेका तिब्र गति बलर अविनाश बोहरा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका छन्। उनले दोश्रो टि-२० मा ३ विकेट तथा तेश्रो टि-२० मा २ विकेट लिए भने पहिलो टि-२० मा १ विकेटलिंदै ३ खेलमा ६ विकेट लिए। किफायती बलिङ्ग समेत गरेका बोहरा टि-२० अन्तर्राष्ट्रियमा प्लेयर अफ द सिरिज हुने पहिलो नेपाली खेलाडी बनेका छन्।

Avinash Bohara
Avinash Bohara

टि-२० सिरिज अन्तर्गत नेपाल पहिलो टि-२० मा २१ रनले पराजित भएको थियो। दोश्रो टि-२० भने नेपालले ४ विकेटले जित्दै सिरिज बराबरी गरेको थियो। एकदिवसीय सिरिजमा पनि नेपालले पहिलो एकदिवसीय ३ विकेटले हारीसके पछि दोश्रो एकदिवसीय १४५ रनले तथा तेश्रो एकदिवसीय ४ विकेटले जितेको थियो।

नेपालले एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिज जितेको यो नै पहिलो पटक हो।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]