प्रधानमन्त्री कप : करन केसी पुलिसमा अनुबन्धित, सुनिल धमला बाहिर

लामो समय देखि नेपाल एपीएफ क्लबबाट घरेलु क्रिकेट खेलीरहेका करण केसी नेपाल पुलिस क्लबमा आबद्ध भएका छन्।

पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको लागि नेपाल पुलिस क्लबले १४ सदस्यीय टिमको घोषणा गरेको हो। घोषित टिममा पुलिसका नियमित ओपनर सुनिल धमलालाई भने स्थान दिईएको छैन। यस्तै घाइते भएका देब्रे हाते स्पिनर ललित राजबंशी पनि टिम बाहिर छन्।

फास्ट बलर तथा विस्फोटक ब्याट्सम्यान समेत रहेका करन केसीलाई अनुबन्ध गरेपछि नेपाल पुलिस क्लब टिम बलियो देखिएको छ। करनलाई कति रकममा अनुबन्ध गरिएको हो भने पुलिसले खुलाएको छैन। करन पुलिसमा भर्ना भने भएका हैनन्।

मन्जित श्रेष्ठ कप्तानीको टिममा आरिफ शेख, दिपेन्द्र ऐरी, पवन सर्राफ, कुशल भुर्तेल, गुल्सन झा, अनिल शाह, रासिद खान, दिलिप नाथ जस्ता ठूला नामहरु छन्। यती सागर ढकाल, योगेन्द्र सिंह कार्की, शंकर राना, अमित श्रेष्ठ जस्ता प्रतिभावान खेलाडीले टिम भरिएको छ।

पुलिस क्लबले टिमका नियमित ओपनर सुनिल धमलालाई भने १४ जनाको टिममा राखेको छैन। तर गत वर्ष प्रधानमन्त्री कपमा भने धमला टिमको सर्वाधिक रनकर्ता रहेका थिए। धमलाले ५ खेलमा १ शतक र १ अर्धशतक प्रहार गर्दै १९० रन बनाएका थिए जुन क्रममा उनको स्ट्राइक रेट ६७.८५ रहेको थियो। यस्तै गत सिजन काठमाडौँ मेयर्स कपमा समेत धमला पुलिसको दोश्रो सर्वाधिक रनकर्ता रहेका थिए जसले ५ खेलमा १ अर्धशतक मद्दतले ६४.४२ को स्ट्राइक रेटमा १६३ रन बनाएका थिए। टि-२० फर्म्याट सुहाउदो खेल नहुनु उनलाई टिममा नराख्नुको कारण मानिएको छ। यो सिजन एभरेष्ट प्रिमियर लिगमा धमलाले ४ खेलको ३ इनिंग्समा १९ रन बनाएका थिए जुन क्रममा उनको स्ट्राइक रेट ४७.५० रहेको थियो।

नेपाल पुलिस क्लब टिम : मन्जित श्रेष्ठ ( कप्तान ) , आरिफ शेख, पवन सर्राफ, सागर ढकाल, करन केसी, गुल्सन झा, अनिल शाह, योगेन्द्र सिंह कार्की कुशल भुर्तेल, दिपेन्द्र ऐरी, शंकर राना, राशिद खान, दिलिप नाथ, अमित श्रेष्ठ , प्रशिक्षक – मनोज कटवाल

गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लब सेमीफाइनलबाट एपीएफसंग पराजित हुँदै बाहिर भएको थियो।

प्रधानमन्त्री कप राष्ट्रिय टि-२० मा पुलिस समुह ‘ए’ मा छ जुन समुहमा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्।

पुलिसले पहिलो खेल पुष २६ गते सुदूरपश्चिम प्रदेशसंग मुलपानी मैदानमा दिउसो १ बजे खेल्नेछ। दोश्रो खेल पुष २७ गते त्रिभुवन आर्मी क्लबसंग, तेश्रो खेल पुष ३० गते कर्णाली प्रदेशसंग तथा चौंथो खेल माघ १ गते प्रदेश-१ सन् खेल्नेछ।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]