रोहितको धैर्यता र करनको आक्रामक इनिंग पछि नेपालले बनायो २४६ रन

Rohit Paudel
  • विकेटनेपाल, १६ माघ- मंगलबार 

रोहित पौडेल र करन केसीले अन्तिममा आक्रामक ब्याटिंग गरेपछि कम योगफलतर्फ गइरहेको नेपाली टिमले युएई ‘ए’ लाई २४७ रनको लक्ष प्रस्तुत गरेको छ।

युएई भ्रमण अन्तर्गत पहिलो अभ्यास खेलमा नेपालले आईसीसी ग्लोबल एकेडेमी मैदानमा पहिले ब्याटिंग गर्ने निर्णय गरेको थियो।

ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ओपनिंग साझेदारीको रुपमा ३६ रन बनाएपछि मल्ल आठौँ ओभरमा १८ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।

त्यसपछि दिलिपले अर्धशतकीय पारि खेल्दै नेपाललाई ठुलो स्कोरतर्फ लैजाने संकेत गरेका थिए। तर २१ औं ओभरमा दिलिप ६१ रनको स्कोरमा क्याच आउट हुन पुगे। दिलिप र अनिलले दोश्रो विकेटको लागि ६० रनको साझेदारी गरे।

दिलिपको विकेटपछि नेपालले नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो २६ औं ओभरमा अनिल साह ३१ रन बनाएर आउट भए भने त्यसलगत्तै २९ औं ओभरमा दिपेन्द्र ऐरी पनि मात्र २ रन बनाएर पेभेलियन फर्किए। ३१ औ ओभरमा पारस ( २० ) आउट भए भने लगतै आरिफ शेख ( २ ) पनि आउट हुँदा नेपालको स्कोर ९६/२ देखि १३६/६ को स्थितिमा पुगेको थियो।

त्यसपछि ब्याटिंग गर्न आएका रोहित पौडेल र बसन्त रेग्मीले सातौँ विकेटको लागि ४५ रनको साझेदारी गरेका थिए। बसन्त २१ रनको व्यक्तिगत स्कोरमा ४४ औं ओभरमा एलबिडब्लु शिकार हुँदा टिमको स्कोर १८१/७ पुगेको थियो।

बसन्तको विकेट पछि ब्याटिंग गर्न आएका करन केसीले आक्रामक ब्याटिंग गर्दै टिमको स्कोर एक्कासी बढाएका थिए। ४७ औं ओभरमा करनले लगातार ३ वटा छक्का प्रहार गरेका थिए। करन र रोहितले आठौँ विकेटको लागि ५४ रनको साझेदारी गरे। करन ४८ औं ओभरमा आउट हुनु अघि मात्र १६ बलमा ३५ रनको पारि खेले।

रोहित पौडेलले अन्तिम ओभरमा विकेट गुमाए जसअघि ४३ रनको इनिंग खेले।


आजको अभ्यास खेलमा सन्दिप लामिछाने, सोमपाल कामि र शरद भेसावकर खेलीरहेका छैनन्।

नेपालको प्लेयिंग ११ 

पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , करण केसि , मोहम्मद आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल

खेलको प्रत्यक्ष अपडेट हेर्न क्लिक गर्नुस 

युएईमा नेपालले ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ।अभ्यास खेलहरु पछि टिम फेब्रुअरी ४ तारिकमा नामिबिया प्रस्थान गर्ने तालिका रहेको छ।

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपालले तयारिका लागि दक्षिण अफ्रीका जान आईसीसी समक्ष अनुरोध गरेको थियो। तर आईसीसीले दक्षिण अफ्रिकाको सट्टा युएई भ्रमण गर्ने अनुमति दिएको थियो।

टिमलाई सघाउन आईसीसीले भारतीय प्रशिक्षक सुलाक्षण कुल्कर्नीलाई नियुक्त गरेको छ जसले टिमको ब्याटिंग कन्सल्टेन्टको भूमिका निभाइरहेका छन्। कुल्कर्नीले भारतको रणजी स्तरका खेलाडी तथा मुम्बई लगायत रणजी टिमको प्रशिक्षकको भूमिका निभाईसकेका छन्।

डिभिजन-२ खेल्न युएई जानु अघि १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकिएको छ जसमा युवा खेलाडी रोहित पौडेल र अनिल साहलाई पहिलो पटक समाबेश गरिएको छ।

नेपाली टिम

पारस खड्का (कप्तान) , ज्ञानेन्द्र मल्ल (उप-कप्तान) , शक्ति गौचन , बसन्त रेग्मी , शरद भेषावकर , सोमपाल कामी, करण केसि , मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ (विकेट किपर), ललित सिंह भन्डारी, अनिल साह, रोहित कुमार पौडेल

बैकल्पिक खेलाडीहरु : सिद्धान्त लोहनी , किशोर महतो , ललित राजबंशी, सुनिल धमला

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा प्रतिस्पर्धा गर्दैछन्। सहभागी ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ तारिकमा आयोजक नामिबियासंग खेल्नेछ। यस्तै दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]