क्यानडासंग खेल्नु अघि करनको त्यो ट्वीट

karan kc
  • विकेटनेपाल – २ फाल्गुन, बुधवार

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको अंकतालिकामा शिर्ष स्थानमा रहँदै नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ आईसीसी एकदिवसीय बिश्वकपको छनौट प्रतियोगिता खेल्न छनौट भएको छ। क्यानडा बिरुद्द १ विकेटको चमत्कारी जित निकाल्दा नेपाली टोलिका लागि नायक रहे करन केसी। मात्र ३१ बल खेल्दै ४२ रन जोड्ने क्रममा करनले ३ चौका र ४ छक्का प्रहार गर्दै अन्तिम विकेटको लागि सन्दिप लामिछानेसंग ५१ रनको साझेदारी गरेका थिए।

सायदै कसैले सोचेका थिए होलान् खेल यस्तो कठिन मोडमा गएर नेपालले जित्नेछ भनेर। तर करन केसीले खेल सुरु हुनु अघि ट्विटरमा अस्चार्यचकित पार्ने भनाइ राखेका थिए। उनको ट्वीट हेर्दा लाग्छ प्रतियोगितामा केहि खास प्रदर्शन गर्न नसेका करनलाई क्यानडासंग खेल्नु अघिनै खेलले यस्तो मोड लेला भन्ने छनक थियो।

अन्तिम विकेटको लागि करनले सन्दिपसंग ५१ रनको साझेदारी गरेका थिए

नेपाललाई आइसीसी एक दिवसीय विश्व कप क्वालिफायरसम्म पुग्नको लागि क्यानडा बिरुद्दको खेल जित्नै पर्ने दवाब थियो। महत्वपूर्ण खेल खेल्नु केहि अघि करनले यस्तो प्रेरक संदेश ट्वीटरमा राखेका थिए-

“जीवन एक युद्धभुमि हो, तिमीले जित्नको लागि लड्नुपर्छ र जित्नकै लागी तिमीलाई साहसको सेना र आशाको कवच चाहिन्छ। ”

करनले ट्वीटमा भनिए जस्तै साहसी खेलको प्रदर्शन गर्दै नेपाललाई १ विकेटको रोमान्चक जित दिलाउन सफल भए। यो संयोग भनौं या अन्य केहि तर करनले भविष्यको आँकलन खेल अघिनै गरिसकेका थिए। नेपालले क्यानडालाई पराजित गर्नु कुनै कठिन युद्ध जितेभन्दा कम थिएन।

करनको ट्वीट :

यसरी जिताए करनले खेल – 

प्रतियोगिताको अघिल्लो खेलहरुमा बिर्सनलायक प्रदर्शन गरेका करन केसीले क्यानडासंगको खेलमा बलिंगतर्फ खास प्रदर्शन गर्न सकेनन् र ८ ओभरको स्पेलमा ४० रन खर्चेर १ विकेट लिए। तर प्रतियोगिताभरको असफलता बिर्साउने गरि करनले ब्याटिंगमार्फत चमत्कारनै गरिदिए। १० औं नम्बरमा ब्याटिंग गर्न आएका करनले अन्तिम विकेटको लागि सन्दिप लामिछानेसंग ५१ रनको साझेदारी गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाए। खेलको म्यान अफ द म्याच समेत चुनिएका करनले आक्रामक ब्याटिंग गर्नेक्रममा मात्र ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै जितमा नायक बन्ने काम गरे।

Karan KC
Karan KC

अन्तिम ७ ओभरमा ५१ रन आवस्यक हुँदा करनले ४४ औं ओभरमा १ चौका र १ छक्का प्रहार गरेका थिए। त्यसपछि उनले ४८ औं ओभरमा १ छक्का, ४९ औं ओभरमा १ छक्का र १ चौका प्रहार गर्दै नेपालको योगफल जित नजिक पुर्याएका थिए।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन आवस्यक हुँदा करन केसीले सुरुको ४ बलमा रन बनाउन सकेका थिएनन्। ओभरको पाँचौ बलमा करनले कभरको माथि छक्का प्रहार गरेपछि नेपाललाई जितको लागि २ बलमा २ रन आवस्यक थियो। त्यो अवस्थामा क्यानडा बलर सत्सिमरंजित ढिंडसाले वाइड गरेपछि अन्तिम बलमा नेपाललाई जितको लागि आवस्यक १ रन लिंदै करन केसीले नेपाललाई जितसम्म पुर्याएका थिए।

Karan KC
Karan KC




थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]