EPL : भैरहवा र काठमाडौँ बीचको खेल स्थगित, कारण यस्तो

काठमाडौँमा जारि एभरेस्ट प्रिमियर लिग अन्तर्गत शनिवारको काठमाडौँ किंग्स-११ र भैरहवा ग्ल्याडीएटर्स बीचको पहिलो खेल टस समेत नभई स्थगित भएको छ।

९:३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण समयमा सुरु हुन पाएको थिएन। वर्षा थामिएपछि मैदानमा घाम लाग्यो जसपछि ११:३० बजे खेल सुरु हुने र ढिला सुरु हुँदा ८ ओभर प्रति इनिंग्सको खेल हुने अम्पायरले निर्णय गरेका थिए। तर अम्पायरको खेल खेलाउने निर्णयका बाबजुद दुवै टिमले खेल्न भने मानेनन्। त्यसपछि दर्शकहरु बीच अन्योलता छाएको थियो।

विकेटनेपाललाई प्राप्त जानकारी अनुसार भैरहवा ग्ल्याडीएटर्सका कप्तान शरद भेसावकर र काठमाडौँ किंग्स-११ का कप्तान सन्दिप लामिछानेले भने आउटफिल्ड खेल्नलाएक नभएको गुनासो गर्दै मैदानमा उत्रन मानेनन्। आयोजक, अम्पायर र दुई कप्तान बीच मैदानमा करिब आधा घण्टा कुराकानी चलेपछि अन्ततः खेल स्थगित गर्ने र अर्को मितिमा खेल सार्ने निर्णय भएको थियो। दुई टिममा रहेका अन्तर्राष्ट्रिय खेलाडीहरुले आउटफिल्ड खेल्नलायक नभएको अवस्थामा घाइते हुनसक्ने परिस्थितिलाई मध्यनजरमा राखेर दुई कप्तानले खेल स्थगित गर्न माग गरेका थिए। अन्य ठाउँमा मैदान खेल्न लायक रहेता पनि मैदानको केहि भागमा आउटफिल्ड स्तरीय नभएका कारण कप्तानहरुले जोखिम नमोल्ने निर्णय लिएका हुन्।

ईपीएल आयोजकले खराब आउटफिल्डका कारण खेल स्थगित भएको आफ्नो सामाजिक सन्जाल बताएको छ। स्थगित खेल सम्भवतः प्लेअफ चरणको खेल सुरु हुनु अघि अक्टोबर ५ तारिखमा खेल्ने सम्भावना रहेको छ जसबारे अधिकारिक जानकारी भने आएको छैन। यस अघि स्थगित भएका खेलहरु समेत स्थगित गर्दै नयाँ मितिमा खेलाउने निर्णय गरीएको थियो। आजको बिराटनगर वारियर्स र पोखरा राइनोज बीचको खेल भने समयमै सुरु भएको छ।

लिग अंकतालिकामा भैरहवा ३ खेलमा १ जित, १ टाई र १ नतिजाविहिन खेल पछि ४ अंक सहित दोश्रो स्थानमा छ। २ खेलमा १ जित र १ हार बेहोरेको काठमाडौँ किंग्स-११ भने २ अंक सहित पाँचौ स्थानमा रहेको छ। प्लेअफ सम्भावना बलियो बनाउन दुवै टिमलाई जित महत्वपूर्ण रहेको छ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]