कुशलको विकेट लिंदा अपमानजनक व्यवहार गरेका अमेरिकी कप्तानलाई कारवाही

अमेरिकी क्रिकेट टिमका कप्तान सौरभ नेत्रभाल्करलाई सोमबार नेपाल बिरुद्धको खेलमा आईसीसीको खेलाडी आचारसंहिता उल्लंघन आरोपमा खेलका म्याच रेफ्रीको कारवाहीमा परेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले जारि गरेको बिज्ञप्तिमा नेत्रभाल्करले आईसीसीको खेलाडी आचारसंहिताको धारा २.५ उल्लंघन गरेको बताएको छ। उक्त धारामा बिपक्षी ब्याट्सम्यान आउट हुँदा शारीरिक हाउभाउ, भाषा तथा अपमानजनक व्यवहार प्रदर्शन गर्नु रहेको छ।

कारवाही स्वरूप नेत्रभाल्करलाई अनुशाशनको कारवाही स्वरूप एक डी-मेरिट अंक दिईएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा २४ महिनाको समयमा कुनै खेलाडीले ४ डी-मेरिट अंक बटुलेमा १ टेस्ट वा २ सिमित ओभर क्रिकेट खेलबाट निलम्बन गर्ने नियम छ।

के भएको थियो : नेपाल र अमेरिका बीचको खेलको क्रममा अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा खेलको ३४ औं ओभरमा अमेरिकी कप्तान तथा फास्ट बलर सौरभ नेत्रभाल्करले कुशल मल्ललाई विकेटकिपर मोनाक पटेलबाट क्याच आउट गराएका थिए। ८४ रन बनाएका कुशल भुर्तेलको विकेट लगत्तै १ रन बनाएका कुशल मल्लको विकेट लिंदै व्यक्तिगत विकेटको खाता खोलेका २९ वर्षीय नेत्रभाल्करले त्यस क्रममा कुशल मल्ल पट्टि फर्केर कराउदै आक्रोशित सेलेब्रेसन गर्दै सेन्ड अफ दिएका थिए। कुशल मल्लको नजिक पुग्दा र पछाडी पुगेर समेत उनले त्यसो गरेका थिए। तर मल्लले भने प्रतिक्रिया दिएका थिएनन्।

स्क्रिनसट हेर्नुस 

( स्क्रिनसट श्रोत – नेप्लेज युट्युब )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy