कर्णालीलाई हराउँदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा

sudurpaschim royals

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले हरायो ।

जितसँगै सात खेलबाट १२ अङ्क बनाएको सुदूरपश्चिमले शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो । १० अङ्क जोड्दै दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पनि क्वालिफायरमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् । क्वालिफायर जित्ने टोली सोझै फाइनलमा पुग्नेछ ।

सुदूरपश्चिमसँग हारे पनि आठ अङ्क बनाएको कर्णाली नेट रन रेटका आधारका काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुगेको छ । समान आठ अङ्क बनाएको चितवन राइनोजले यसअघि नै प्लेअफमा स्थान बनाएको थियो । अब कर्णाली र चितवनले एलिमिनेटर खेल्नेछन् ।

लिगको अन्तिम खेलको नतिजासँगै काठमाडौँ कर्णालीसँग नेट रन रेटमा पछि पर्दै बाहिरिएको छ । एनपिएलमा सहभागि आठ टोलीमध्ये विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै बाहिरिएका थिए ।

जितका लागि एक सय दुई रनको सामान्य लक्ष्य पछयाएको सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेटको क्षतिमा एक सय पाँच रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाए । ईशान पाण्डेले अविजित ३८ र ओपनर सईफ जैवले ११ रन बनाए । बलिङमा कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो ।

कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाए ।यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११/११ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिए । दीपेन्द्रसिंह प्लेयर अफ दि म्याच घोषित भए ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]