केपीएल : आर्मीलाई स्तब्ध पार्दै कर्णाली-११ सेमीफाइनलमा

  • विकेटनेपाल, बैशाख-१६ 

सुर्खेतमा जारि वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत पाँचौ दिनको खेलहरुमा महेन्द्रनगर क्रिकेट क्लब र आयोजक कर्णाली-११ ले जित हाँसिल गरेका छन्। महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमी र कर्णाली-११ ले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो।

लगातार तेश्रो खेलमा जित हाँसिल गर्दै आयोजक कर्णाली-११ ले समुह ‘ए’ बाट सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। सेमीफाइनल पुग्ने अन्य ३ टिमको भने टुंगो लाग्न बाँकी रहेको छ।

पहिलो खेल :- महेन्द्रनगर क्रिकेट एकेडेमीसंग हिमालयन क्रिकेट एकेडेमी पराजित

सोमबार सम्पन्न पहिलो खेलमा महेन्द्रनगरले हिमालयन क्रिकेट एकेडेमीलाई ५ रनले पराजित गर्यो।

खेलमा टस जितेर ब्याटिंग गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको थियो। १५२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको हिमालयनले २० ओभरमा ७ विकेट गुमाएर १४६ रन मात्र जोड्न सक्यो।

हिमालयनको ब्याटिंगमा पदम केसीले ५० तथा दिपेन्द्र ऐरीले अविजित २९ रन जोडेपनि जितका लागि पर्याप्त भएन। महेन्द्रनगरको बलिंगतर्फ बिक्रम ठगुन्नार आकाश चन्दले समान २-२ विकेट हात पारे।

Kiran Thagunna

यसअघि पहिले ब्याटिंग गरेको महेन्द्रनगरका लागि किरन ठगुन्नाले अविजित ४१ रन जोडेका थिए। यस्तै दिनेश आग्रीले व्यक्तिगत ३३ रनको योगदान गरे। हिमालयनको बलिंगमा शरद खड्काको नाममा २ विकेट रहेको थियो।

खेलको प्लेयर अफ द म्याच किरन ठगुन्ना घोषित भए।

दोश्रो खेल :- कर्णाली-११ संग त्रिभुवन आर्मी स्तब्ध

दिनको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई आयोजक कर्णाली-११ ले ११ रनले पराजित गर्यो।

खेलमा टस जितेर ब्याटिंग रोजेको  कर्णाली-११ ले २० ओभरमा ७ विकेट गुमाएर १५६ रनको योगफल तयार गरेको थियो। उसको लागि लोकेस बमले सर्वाधिक ५० रन बनाए। ३० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रदिप रसाइलीले ३४, जितेन्द्र सिंह ठकुरीले ३० तथा कप्तान रबिन्द्र जंग शाहीले २३ रन योगदान दिए।

आर्मीको बलिंगमा सुसन भारि एक्लैले ५ विकेट लिए भने जितेन्द्र मुखिया र कुशल मल्लले १/१ विकेट लिए। ससनले ४ ओभरमा १६ रन खर्चिए।

Lokesh Bam

१५७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले २० ओभर ब्याटिंग गरे पनि ८ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो।

आर्मीलाई लक्ष्यसम्म पुग्न नदिन कर्णाली-११ का बलर कृष्ण कार्की र रबिन्द्र जंग शाहीले ३/३ विकेट लिए। किशोर महतो र जितेन्द्र सिंह ठकुरीले १/१ विकेट लिए। कृष्णले ४ ओभरमा २३ रन तथा रबिन्द्रले ४ ओभरमा २४ रन खर्चिए।

आर्मीको लागि बिनोद भण्डारीले सर्वाधिक ५५ तथा हरि बहादुर चौहानले ३८ रन बनाए । बिनोदले ४२ बलमा ९ चौका र १ छक्का तथा हरिले ३७ बलमा ६ चौका प्रहार गरे।

Krishna Karki

एक समय १५ ओभरमा ११२/३ को स्थितिमा रहेको आर्मीले त्यसपछि लगातार विकेट गुमाएको थियो। बाँकी ५ ओभरमा आर्मीले २५ रन मात्रै बनाउन सक्यो भने ५ थप ५ विकेट गुमाउन पुग्यो।

खेलको प्लेयर अफ द म्याच कर्णाली-११ का कप्तान समेत रहेका रबिन्द्र जंग शाही घोषित भए।

Rabindra Jung Shahi

प्रतियोगिता अन्तर्गत मंगलबार पनि २ खेल संचालन हुनेछन्। बिहानको पहिलो खेलमा समुह बि अन्तर्गत न्यु होराइजन र हिमालयन क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै दिउसोको खेलमा त्रिभुवन आर्मी क्लबले मध्य-पश्चिम क्रिकेट क्लबसंग खेल्नेछ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]