कर्णाली याक्सको लोगो सार्वजनिक

काठमाडौं । फ्रेन्चाइज टिम कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को लागि आफ्नो लोगो सार्वजनिक गरेको छ ।

आयोजक हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले सोमबार पत्रकार सम्मेलनबाट कर्णाली याक्सको लोगो सार्वजनिक गरेको हो ।

टिम र लोगो सार्वजनिक कार्यक्रममा बोल्दै कर्णालीका मालिक जनक दत्त खनालले कर्णालीको संस्कृति देश भरी फैलाउने उद्देश्यका साथै क्रिकेट विकासमा योगदान गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘टिम कर्णालीले प्रदेशको भावना र संस्कृतिको प्रतिनिधित्व गर्ने विश्वास लिएको छ । हामी युवा पुस्तालाई प्रेरित गर्छौं। कर्णाली प्रदेश नक्सामात्रै हैन दृढताको प्रतीक हो,’ उनले भने, ‘हामी नेपाली क्रिकेटको विकासमा योगदान गर्दै यस क्षेत्रको पहिचान प्रवद्र्धन गर्न प्रतिबद्ध छौं । कर्णाली अब क्रिकेट मैदानमा झल्किने छ । ’

कार्यक्रममा कर्णालको प्रतिनिधित्व गर्ने विशेष याकको प्रदर्शन गरिएको थियो ।

कर्णाली टिम यसअघि हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले १ करोड ११ लाखमा खरिद गरिसकेको छ । यसको मार्की प्लेयरमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्ने प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म आयोजना हुँदैछ ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही, बिनिता कठायत, मनिष झा, सोभिता गौतम तथा क्यानका सचिव पारस खड्का लगायतको सहभागिता रहेको थियो ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]