एनपीएल : जनकपुर बोल्ट्सको लगातार दोश्रो जित, धवनको टिम कर्णाली पराजित

कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। बोल्ट्सले आफ्नो पहिलो खेलमा बिराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा पनि समान नतिजा हात पार्यो।

अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।

अनिलले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे । दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।

जेम्स निशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो।

कर्णालीको लागि गुल्सन झाले सर्वाधिक ३६ रन बनाए जुन क्रममा २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। यस्तै अर्जुन घर्तिले २२ बलमा २ चौका र २ छक्का मद्दतले ३३ रन बनाए। कप्तान सोमपाल कामिले १३ बलमा ३ चौका र १ छक्का मद्दतले २९ रन बनाए। भारतीय स्टार ब्याट्सम्यान शिखर धवनले १४ रन मात्र बनाउन सके जुन क्रममा उनले १४ बलमा ३ चौका प्रहार गरे। धवनलाई क्यानडाका खेलाडी हर्ष थाकरले बोल्ड गरे। सुस्त ब्याटिंग गरेका बाबर हायातले २५ बलमा १२ रन मात्र बनाए। ७९ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौँ विकेटको लागि ५६ रनको साझेदारी गरे।

जनकपुर बोल्ट्सको बलिंगमा लेग स्पिनर मोहम्मद मोहसिनले २ विकेट लिए जुन क्रममा ४ ओभरमा १४ रन खर्चिए। किशोर महतो, ललित राजवंशी, हर्ष थाकर र जेम्स निशमले १/१ विकेट लिए।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]