कर्णाली प्रिमियर लिग विजेताले ५ लाख पाउने

  • विकेटनेपाल, वैशाख ४ – बुधबार

सुर्खेतको बिरेन्द्रनगरमा यहि बैशाख १२ गतेदेखि सुरु हुन लागेको दोश्रो संस्करणको कर्णाली प्रिमियर लिग प्रतियोगिताको पुरस्कार घोषणा भएको छ। प्रतियोगिताको बिजेताले नगद ५ लाख रुपैयाँ तथा उप-बिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलन गर्दै पुरस्कार रकमको घोषणा गरेको हो।

प्रतियोगितामा विभागीय टिम सहित ८ टिमको सहभागिता रहने छ। यस्तै सबै टिमहरुले कप्तान समेत घोषणा गरिसकेका छन्।

विभागीय टिम त्रिभुवन आर्मी क्लबको कप्तानमा विनोद भण्डारी, नेपाल पुलिस क्लबको कप्तानमा मन्जित श्रेष्ठ र शसस्त्र प्रहरी बलको एपिएफको कप्तानमा बसन्त रेग्मी रहनेछन्।

यस्तै हिमालयन क्रिकेट एकेडमी काठमाडौँको कप्तानमा सुरेन्द्र चन्द, मध्यपश्चिम क्रिकेट क्लब बाँकेको कप्तान अजय साहनी, कर्णाली – ११ को कप्तानमा रविन्द्रजंग शाही, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुरको कप्तानमा शुसिल खड्का र लालिगुराँस क्रिकेट एकेडमी झापाको कप्तानमा मेहबुव आलाम छन्।

कार्यक्रममा प्रतियोगिताका संयोजक रेशम शाहीले आयोजक कर्णाली ११ ले दुईजना बिदेशी खेलाडीहरु ल्याउने तयारि गरिरहेको बताए।

प्रतियोगिता अवलोकन गर्न आउने दर्शकको लागि टिकट मूल्य ३० रुपैयाँ देखि पाँचसय रुपैयाँसम्म तोकिएको छ। दर्शकको मनोरंजनको लागि प्रत्येक दिन एकजना दर्शकलाई गोलाप्रथाबाट टिभी सहित अन्य विभिन्न आकर्षक उपहार प्रदान गरिनेछ। साथमा फाइनल खेलमा एकजना दर्शकलाई मोटरसाइकल समेत प्रदान गरिने आयोजकले बताएको छ।

१० दिनसम्म चल्ने प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले ३५०० रुपैयाँ तथा प्रतियोगितामा उत्कृस्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २०,००० र प्लेयर अफ द सिरिजले ५०,००० प्राप्त गर्नेछनन्।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy