कर्णाली प्रिमियर लिग टि-२० को खेलतालिका सार्वजनिक

  • विकेटनेपाल, बैशाख ३० – आइतबार

प्रदेश नम्बर ६ को राजधानी सुर्खेतमा इतिहासमै पहिलो पटक जेठ ३ गतेदेखि १२ गतेसम्म हुन लागेको रास्ट्रिय स्तरको कर्णाली प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

बन्धु बिकास सहकारी संस्थाको आयोजनामा हुन लागेको प्रतियोगितामा एबीसी स्पोर्ट्स क्लब, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही एघार, महाकाली क्रिकेट क्लब, भेरिगङ्गा स्पोर्ट्स क्लब, काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर, टिकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडमी गरेर १० टिमहरुको सहभागिता रहेको छ ।

लिग कम नक-आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा १० टिमहरुलाई २ समूहमा बिभाजन गरिएको छ जसबाट समूहमा रहेका उत्कृस्ट २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

जेठ ३ गते ११ बजे बिहान भेरिगङ्गा स्पोर्ट्स क्लब र टिकापुर क्रिकेट क्लबबिचको खेलबाट उद्घाटन गरिने प्रतियोगिताको खेलतालिका यस्तो रहेको छ:

सम्बन्धित:

कर्णाली प्रिमियर लिग टि-२० मा सहभागी टिम र कप्तान सार्वजनिक

कर्णाली प्रिमियर लिग टि-२० को घोषणा

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy